Hollywoodkhabar advertisement

मुख्यमन्त्रीको उपस्थितिमा धनगढीमा अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री हस्तान्तरण

-मुख्यमन्त्रीको उपस्थितिमा धनगढीमा अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री हस्तान्तरण
0
shares

धनगढी, कैलाली १४ मंसिर २०७७

सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री माननीय त्रिलोचन भट्टले कोभिडको संक्रमण अझ फैलन सक्ने भएकाले थप सजग हुँदै तयारीलाई बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ। कोका कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी अन्तरर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धिको लागि सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीको प्राँगणमा सुरक्षा सामग्री तथा उपकरण अस्पताललाई हस्तान्तरण गर्दै बताउनुभएको हो।

सेती प्रदेश अस्पतालका मेडिकल सुपरीटेडेन्ट डा. हेमराज पाण्डेलाई सामग्री हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, रेडक्रसले सरकारको सहयोगीको कार्य गर्दैछ र निश्पक्षतालाई ध्यान दिदै थप सहयोग गर्न रेडक्रस लगायतको सँस्थालाई अनुरोध गर्दछु।

आज हस्तान्तरण गरिएका सामग्रीमा रु १६ लाख ३२ हजार आठसय पचास मूल्यको आइसीयूमा प्रयोग हुने एक भेन्टिलेटरका साथै ६ हजार सर्जिकल मास्क, २५०० जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोशाक, केएन ९५ मास्क २०० थान र २५ थान सुरक्षा चस्मा वटा रहेका कार्यक्रमको सञ्चालन गर्दै नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो। ती सामग्रीहरुको जम्मा मूल्य १८ लाख ५१ हजार एक सय रहेको छ।

नेरेसोका केन्द्रीय महामन्त्री पिताम्बर अर्याल, केन्द्रीय सदस्य द्धय जीवन राना र उद्धव भट्टराई, विपद् व्यवस्थापन निर्देशक बिपुल न्यौपाने, सञ्चार बिभागका निर्देशक दिब्यराज पौडेल, स्वास्थ्य सेवा बिभागका उप निर्देशक शिवराम गौतम र कोकाकोलाका प्रतिनिधि शुभाष दाहालको समुपस्थितिमा भएको कार्यक्रममा नेरेसो कैलाली शाखाका सभापति उत्तम जोशीले स्वागत गर्नुभएको थियो।

कार्यक्रममा नेपाल रेडक्रसका केन्द्रीय कार्यालयका कार्यक्रम संगोजक राजु राउत, नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका पदाधिकारी एवं कर्मचारी र अस्पतालका कर्मचारी लगायतको उपस्थिति रहेको थियो। यस अघि गत असारमा पहिलो चरणमा मास्क, शुरक्षा बुट, स्यानिटाइजर, क्लोरिन झोल र साबुन अस्पताललाई उपलव्ध गराइएको थियो ।

नेपाल रेडक्रस र कोकाकोला नेपालको यो साझेदारी केन्द्रीय स्तरमा मात्र नभई प्रदेश र जिल्ला तहमा पुग्न पाएकोमा खुशी व्यक्त गर्दै नेपाल रेडक्रसका केन्द्रीय महामन्त्री पिताम्बर अर्यालले भन्नुभयो, कोरोना सङ्क्रमणको जोखिममा रही अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मीको शुरक्षा र विरामीको सघन उपचारमा मद्दत पुर्याउने यो एउटा प्रयास हो।