-गण्डकी प्रदेश विपद कोषमा ५ करोड राख्ने निर्णय, मुख्यमन्त्री पुगे मनाङ

गण्डकी प्रदेश विपद कोषमा ५ करोड राख्ने निर्णय, मुख्यमन्त्री पुगे मनाङ

Hollywood Khabar June 16,2021 Comments

पोखरा, जुन १७, २०२१

गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद कोषमा तत्कालका लागि ५ करोडमा रुपैयाँ राख्ने निर्णय गरेको छ। प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने निर्णय भएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो।

मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन र राहत बितरणका लागि मुख्यमन्त्रीसहितको टोली आज नै मनाङ गएको छ। गृहमन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहतसामग्रीसहित मुख्यमन्त्री मनाङ जानु भएको हो।

मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्ला स्थित सुरक्षाकर्मी, जनप्रतिनीधि, सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई विपदमा उद्वार, आवश्यक सहयोगमा जुट्न र पूर्वतयारीमा रहन निर्देशन समेत दिनुभयो। बैठकमा मुख्यमन्त्री पोखरेलले वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी सञ्चालन गर्न भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रवन्ध मिलाउन निर्देशन दिनु भएको छ।

मुख्यमन्त्री बहाली भएकै दिनमा भएको निर्णय अनुसार विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तत्काल निर्माण गरी कार्यान्यवनमा ल्याउन पनि उहाँले निर्देशन गर्नुभएको छ। प्रदेश सरकारले प्रदेशका ९ जिल्लाका लागि १०/१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २/२ लाख रुपैयाँ यसअघि नै पठाइसकेको छ।