कुलपति गंगा उप्रेतीका साथ लेखक उषा केसी

मुक्तक सङ्ग्रह 'उषाको प्रहर' सार्वजनिक

Hollywood Khabar July 08,2020 Comments

२६ असार काठमाडौं। मुक्तककार उषा के.सी.को मुक्तक सङ्ग्रह"उषाको प्रहर"सार्वजनिक भएको छ।हिजो विहिवार भौतिक दुरी कायम राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको विशेष कार्यक्रममा कुलपति गंगाप्रसाद उप्रेतीले उक्त कृतिको लोकार्पण गरेका हुन्।

कृति लोकार्पणका अवसरमा बोल्दै कुलपति उप्रेतीले कोभिड-१९ कोरोनाको महामारीमा बेला पनि साहित्य श्रृजना हुनु र त्यसलाई यस असहज परिस्थितीमा पनि पुस्तक प्रकाशन गर्नु सह्रानिय कार्य भएको बताउनु भएको छ।मुलुकमा कोरोना सङ्क्रमणबाट नागरिकको सुरक्षाका लागि सरकारले गत चैत्र ११ गतेबाट लकडाउन गरि आएको र उक्त समयलाई सर्जकहरूले उपयोग गरि सृजनामा आफुलाई लगाईरहको अवस्थामै आएको मुक्तक सङ्ग्रह "उषाको प्रहर" केसीको साहित्य यात्रा र प्रकाशनको पहिलो प्रहर भएको बताउनु भएको छ।

मुक्तककार केसीले कोरोना महामारीको त्रास र समस्यामा परेका आम नेपालीले भोग्नु परेको पिडा, मुलुकमा रहेका बेथिती र सामाजिक विकृतीलाई मुक्तकका माध्यमबाट आफुले आवाज उठाएको बताईन् । मुक्तक सङ्ग्रहको भाषा सम्पादन र मुद्रण व्वस्थापन गोरखापत्रका भाषा सम्पादक ममता मृदुल श्रेष्ठले गरेका छन् भने कृति गोदावरी साहित्य परिषदले प्रकाशन गरेको हो । कार्यक्रम आयोजक तथा गोदावरी साहित्य परिषदका सचिव रत्न विरहीले सञ्चालन गरेका थिए । कार्यक्रमा प्राज्ञ डा. देवी नेपाल डा. हेमनाथ पौडेल, मोहन केसी, सर्जक विमुन्स पौडेल, राधा दुलाल कार्की, लगायतको उपस्थित रहेको थियो ।