-सृजना त्रिपाठि,पोखरा

मुस्कान र आंशु दुबै "कायर"

Hollywood Khabar February 09,2019 Comments

बर्षौ पछिको भेट, 
मेरो मुस्कान देखेर उसले भन्यो
यो मुस्कानमा कायरता भेटें, 
हो सहि भन्यौ तिमिले 
मर्न नसक्नेहरु पनि कायर हुन,
र मरेकाहरु पनि कायर नै हुन ,
आँखाको आँसु देखेर, 
अर्को कायर बोल्यो 
तिम्रो आँसु कायरताको प्रतिक हो, 
हो मुस्कान र आँसु दुबै कायर नै हुन 
हो यो रङ्गमन्च यस्तै छ !