-मुस्ताङ किदुग युएसएले १४ लाख ५० हजार १३८ रुपियाँ कोभिड १९ को लागि सहयोग दियो

मुस्ताङ किदुग युएसएले १४ लाख ५० हजार १३८ रुपियाँ कोभिड १९ को लागि सहयोग दियो

Hollywood Khabar June 27,2020 Comments

दु:खमा मातृभुमी सम्झिने मुस्ताङ किदुग युएसएले कोभिड १९ बाट पिडित नेपालका बिभिन्न क्षेत्र र ब्यक्तिहरुलाई १४,५०,१३८ रुपैयाँ (चौध लाख पचास हजार एक सय अठतिस) आर्थिक सहयोग गरेको छ।

सो आर्थिक रकम वितरणको लागि नेपालका मानविय संघ संस्थाहरुलाई हस्तान्तरण गरिएको छ। यसका साथै COVID-19 बाट सुरक्षित रहनको लागि अमेरिकको न्युयोर्कमा किदुगका सदस्य रहेका प्रत्येक घरधुरीका सदस्यहरुलाई पुग्ने गरी सुरक्षाको लागि सुरक्षित सामान ६ हजार थान NK95 तथा सर्जिकल माक्स आफनै कोषबाट $६५०० बराबरको सामाग्री बितरण पनि गरिएको छ।

सधैं जसो धर्म र कर्ममा बिश्वास राख्ने मुस्तङ्गेहरुले यो पटक पनि उल्लेखनिय कामहरु गरेका छन्। यो महान मानविय कार्यको लागि किदुगका अध्यक्ष पेमा छिरिङ गुरुङ, सदस्य सचिव मानव गुरुङ लगायत वर्तमान कार्य समिति तथा सदा सहयोग गर्नुहुने धर्म, कर्म र कर्ममा बिश्वास राख्ने न्युयोर्कका सम्पुर्ण मुस्ताङबासीहरु धन्यवादको पात्र हुनुहुन्छ।

त्यसैले संथाका संरक्षक तथा निवर्तमान अध्यक्ष राज कुमार बिष्टले मातृभुमिमा परेको अबस्थामा मानविय कार्यमा मुस्ताङबासी अमेरिका जहिले पनि सहयोग गरिदै आईरहेको ईन्डोनेसियाको सुनामी होस या मातृभुमी भुकम्पको महामारी, तराईको बाढी होस् या पहाडको पहिरो होस अझै भनौं गैरआवासीय नेपाली संघको लाप्राक पुनर्निमाण लगायत मुस्ताङ काठमण्डौ गुम्बा निर्माण यस्ता अनगन्ती योगदानका मुस्ताङ्गेहरुले गरेका छन्। मानविय कार्यमा अमेरिकामा रहेको मुस्ताङ किदुग युएसएले अमेरिकामा पनि आफनो जनसमुदायमा होस या मातृभुमि नेपालमा होस्। सधैं अग्र पङतिमा उभिने गरेको छ।

यो पटक पनि किदुगको आर्थिक सहयोगलाई हस्तान्तरण गरी सम्बन्धित पिडित पक्षलाई प्रत्यक्ष रुपमा वितरण गरिदिनुहुने नेपाल स्थित सबै परोपोकारी संस्थाहरुलाई मुस्ताङ किदुग अमेरिका हार्दिक धन्यवादका साथै पिडित पक्षलाई थौरै भए पनि लाभन्भित होस भन्ने अपेक्षा प्रकट गर्दछ, अध्यक्ष पेम छिरिङ गुरुङले भनेका छन्।

नेपालमा हस्तान्तरण गरिएको रकम तथा सम्बन्धित मानविय तथा परोपकारी संस्थाहरु:

1. Red Cross Society Mustang Rs 1,00,000. (One Lakh )

2. Krishna Kadel Ji to Indreni Pariwar Rs 3,00,000 (Three Lakhs )

3. Joint Disabled Unity Awaz Center to Mr Til Bahadur Karki Rs 1,00,000 (One Lakh ).

4. Bara Gaon Mukti Chetra Gaon Palika Rs 2,00,000 ( Two Lakhs )

5. Maggie Doyne @ BlinkNow Foundation Rs 3,00,000.

6. Bhagya Neupaney Rs 2,00,000 ( Two Lakh ). The amount has already been sent to Bhagya Neupaney Ji but he hasn't collected it yet.

7. Aamakoghar to Dil Shova Shrestha Rs 1,00,000. ( One Lakh ).

8.Sahara Ghar ( Asahaya, Aanath, Apanga ra Asakta haru ko Sahara Ghar ) Rs 1,00,000 ( One Lakh )

9. Baby Life Home (Organization taking care of Children with HIV Positive especially from less Privileged Community) Rs 50,000 (Fifty Thousand Rupees Only)