घनश्याम श्रेष्ठ/७/३/२०
प्रत्येक रात,
तिम्रा यादहरुमा डुब्दा
आँशुले सिरानी, भिजेको पीडा
कि त, मलाई थाहा छ
कि त, त्यो सिरानीलाई नै.......!
कहिले एता त, कहिले उता
कोल्टे फेर्दै, घरि घरि
निदाउने कोशिसमा आँखा
बन्द गरे कि आउने, तिम्रो मुहारको झझल्को हरु....!!
झकझकाई रहन्छन आँखा हरुनिदरी भगाउने गरि
डुबुल्की मार्न, बाध्य हुन्छन, मन त्यसै
पौडिएर तिम्रा, उत्रन नसकिने, सम्झनाका गहिराई हरु....... !
विश्वास, गर या नगर
साँच्चै, म घायल छु, घायल
तिम्रो मुस्कान जस्तै
आफै, हराई जाने, आउँछन तिम्रा ती, अटुट याद हरु .....!!
नसोध मलाई, घरि घरि
याद कति, आउँछन मेरा भनि
नकोट्याऊ, मलाई सधै भरि
माया कति, लाग्छन मेरा भनि
के थाहा
कति भरिएर, छरिएका छन्, मन भरि, तिम्रै मायाका सागर हरु..!
बुझेर हो कि, वा अबुझ बनेर
गरि रहने, ती अनेक प्रश्नहरु
चित्तबुझ्दो, जबाफको पर्खाईमा
टोलाई रहेछन् , एकोहोरो, मलाई हेर्दै, ती कातिल नजर हरु..!!
के थाहा, नाटक पो, हुन् कि मेरा
प्रत्येक रात, तिम्रा याद हरुमा डुब्ने कुरा
आँशुले सिरानी, भिजेको पीडा
गरि रहने, यस्तै यस्तै, अनगिन्ती तिम्रा, मुटु चिर्ने शंका हरु.... !
दुख लाग्छ, अनि चोट पनि
मुटु भरि छिया छिया, प्वाल पर्ने गरि
बग्छन रगत, आँशुका भेल बनि
सहनै नसकिने, पिडा हुन्छ मनमा, छछल्किएर भरिन्छन आँखा हरु ..!!
-Ghanashyam Shrestha
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...