- एक्सन रुमबाट ‘माथिल्लो त्रिशुली थ्री ए जलविद्युत्’ आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री

सरकारको हैसियत अनुसारमात्र मुआब्जा माग्नुपर्छ  -प्रधानमन्त्री ओली

Hollywood Khabar November 17,2019 Comments

२मंसिर,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले  विकास निर्माणको काममा सरकारको हैसियत अनुसारमात्र मुआब्जा माग्नुपर्ने बताएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुमबाट ‘माथिल्लो त्रिशुली थ्री ए जलविद्युत्’ आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय हितका आयोजनामा नियमानुसार मात्रै मुआब्जा तथा क्षतिपूर्ति लिनुपर्ने बताए।प्रधानमन्त्री ओलीले कतिपय विकास निर्माणका आयोजना जग्गा प्राप्ति तथा अन्य मुआब्जालगायतका कारणले समस्यामा परेको भन्दै अनुचित लाभ लिनुपर्छ भन्ने प्रवृत्ति त्याग्नसमेत सम्बद्ध सबैलाई अनुरोध गरे ।