मेरा बा---राजन अधिकारी

Hollywood Khabar June 17,2017 Comments

राजन अधिकारी
म सानो छंदा मेरो बा, मेरो खेल मैदान भैदिए
उनकै काँखमा म लडीबुडी खेल्थे
उनकै बुईमा घोडाचढी खेल्थे
उनकै पाखुरीहरूमा चहीचही गर्थे
उनकै कॉंधमा चढी उनैलाई ऑंफू ठूलो भएको फूर्ति गर्थे
जसो गरे, जे गरे पनि मेरो बा
मन्दमुस्काले मेरो स्वागत गरिरहन्थे !

म स्कूल जाने उमेरको भएं मेरो बा मेरो हाटबजार भैदिए
निलो कट्टु र कमिज सिलाउन दर्जि दाईकोमा दौडीरहे
चुंईकने जुत्ता कस्न आफ्ना पाखुरीहरू अड्याईरहे
किताब कापी झोलामा भरी मेरो कॉंधमा मिलाईरहे
बारीको डिलमा बसी मेरै बाटो हेर्दै टेलाईरहे !!

जब म जवान भएं मेरो बा मेरो प्रेरणाको स्रोत भैदिए
शैक्षिक यात्रा तय गर्दा सारथी बनी रथ हांकिदिए
ब्याबहारिक ज्ञनको त पाठशाला नै खोलिदिए
असफलताको ठेस लाग्दा सफलताका लेरी गाईदिए
जीबन जिउने कलाहरूको कारखाना नै खोलिदिए !!!
साष्टांग प्रणाम मेरो बा !!!!