छातिभीत्र एउटा चोट रखाएर गयौ, नवीन अँकुर-१२ गजल

Hollywood Khabar March 26,2017 Comments

छातिभीत्र एउटा चोट रखाएर गयौ, नवीन अँकुर-१२  गजल

पर्ख आउँछु भनी भनी फकाएर गयौ ।

दोबाटोमा कुर्न लगाइ छकाएर गयौ ।

मनभरी खुसी थियो ओठभरी हाँसो हाम्रो

छातिभीत्र एउटा चोट रखाएर गयौ ।

मन्दिरमा गर्यौ बाचा तिम्रै हुन पाउँ भनी

साचो चोखो माया प्रिती लत्याएर गयौ ।