नवीन अँकुर

आँखाले पनि आँसु दर्कीन्न भन्छन्-नवीन अँकुर- गजल ९

Hollywood Khabar February 15,2017 Comments

साहुले भाका पर्खीन्न भन्छन् ।

दाइ नि घर फर्कीन्न भन्छन् !

खरको छानो धमिरा लाग्यो

बर्खाको पानी तर्कीन्न भन्छन् !!

बुढा बा आमा एक्लै छन घरमा

कसैले चाहरा छर्कीन्न भन्छन् !!!

भुल्यो रे ठुलेले गाउँ घर अब

आँखाले पनि आँसु दर्कीन्न भन्छन् !!!!

बाटो कुरी बसेकी ठुली र सानी

सम्झेर उसलाइ धर्कीन्न भन्छन् !!!!!