-चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेलको देउडा गित ‘घर मेरो सुदूरपश्चिम’

देउडा मार्फत दर्शकको मन मस्तिस्कमा राज गर्दै चर्चित गायक पौडेल-भिडियो सहित्

Hollywood Khabar December 05,2018 Comments

२० मङ्सिर काठमाडौं।झिममिला ताल कञ्चनपुर रंग फेर्छ महिना महिनामा, आफैँमा दंग पर्दो हो हेर्ने पाए ऐनामा, यहि हो सुन्दरपश्चिम भन्दै चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेलले देउडा गित ‘घर मेरो सुदूरपश्चिम’लिएरआएका छन्।समयसापेक्ष गित पस्केर दर्शक श्रोताको मन मनमा राज गर्न सफल गायक पौडेलको ‘घर मेरो सुदूरपश्चिम’ले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनगर्न  कोशेढुंगा सावित हुने सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले बताइन्।गायक पौडेलको शब्दमा सुदूरपश्चिम प्रदेशको मैलिकता  झल्काउँदै ल्याएको देउडा गीतले सुदूरपश्चिम प्रदेशका कला, संकृति र पर्यटनलाई विश्वभर चिनाउने अभियान थालेको छ।

पाल्पामा जन्मिएर काठमाडौँ बसी संगीत यात्रामा लागेँका पौडेलले सुदूरपश्चिममा गुनगुनाइने गीतलाई बजारमा ल्याएका हुन्।पृथ्वी इन्टरटेन्मेन्टमार्फत् बजारमा ल्याइएको ‘घर मेरो सुदूरपश्चिम’ गीतमा स्वर नवीन पौडेल र सम्झना भण्डारीको छ। लय भने गायक नवीन पौडेलकै रहेको छ भने शब्द दिग्गज धौराली र  निर्देशक प्रकाश भट्ट रहेका छन् ।गीतका सम्पादक विष्णु शर्माले गरेका छन् भने छायांकन राजेश घिमिरेले गरेका छन्। प्रस्तोता समाज नेपालका केन्द्रीय सदस्य, अन्तराष्ट्रिय कलाकार मञ्चका उपाध्यक्ष र राष्ट्रिय लोकदोहोरी प्रष्तिष्ठान नेपालका पूर्व केन्द्रीय सदस्यसमेत रहेका पौडेलले अहिले सम्म करिव २०० सयभन्दा बढी गीत गाएका छन्।

पछिल्लो समय समाजका घटेका घटनालाई केन्द्रित गरेर पौडेलले बजारमा ल्याएको ‘फूलेको तोरीलाई, बैंश आको छोरीलाई जोगाउँनै गाह्रो’ वोलको गीत मार्फत पौडेल नवौं संस्करणको बिन्दबासिनी म्युजिक अवार्ड २०७५ मार्फत यस वर्षकै सर्वोत्कृष्ट लोक गायक घोषित भएका छन्।