४ फागुन काठमाण्डौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनालविरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ ।खनालले विहार संस्कृत शिक्षा बोर्ड पटना भारतबाट पास गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको अख्तियारले जनाएको छ ।
नक्कली प्रमाणपत्र पेश गरी खनाल २०५३ साल जेठ १ गतेदेखि तत्कालीन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा तृतिय श्रेणीमा नियुक्त भएको देखिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो।अहिले विप्रेषण आप्रवाहको अवस्था हेर्ने हो भने नेपालमा बढ्दै गइरहेको छ।२० वर्षअघि कुल ग्राहस्थ उत्पादनको १० प्रतिशतजति विप्रेषण आप्रवाह देखिन्थ्यो भने अहिले त्यसको अनुपात २५ प्रतिशत रहेको छ।केही वर्षअघि त कुल ग्राहस्थ उत्पादनसँगको विप्रेषण आप्रवाह हेर्दा त २९ प्रतिशतसम्म पनि पुगेको अवस्था हो।अहिले ८ सय ८० अर्ब विप्रेषण आएको छ । यसमा खाडीका देशमा जाने नेपालीको महत्वपूर्ण योगदान छ । त्यसबाहेक अरु विभिन्न देशबाट पनि विप्रेषण आउँछन् ।
हाम्रो छिमेकी देश भारतबाट पनि उल्लेख्य मात्रामा विप्रेषण आप्रवाह हुने गरेको छ।तर केही वर्ष अघिको तथ्याँक हेर्ने हो भने नेपालमा प्राप्त हुने विप्रेषण अर्थात रेमिट्यान्स निकै कम उत्पादनमुलक क्षेत्रमा खर्च भएको पाइन्छ।सन् २०१०/०११ मा केन्दीय तथ्याँक विभागले नेपाल जीवनस्तर सर्वेक्षण गर्योक । त्यसकै आधारमा अहिले हामीले विश्लेषण गरिरहेका छौं।पछिल्लो तथ्याँक भने आउन बाँकी छ ।अहिले चौथौ नेपाल जीवनस्तर सर्वेक्षण गर्न केन्द्रीय तथ्याँक विभाग गइरहेको छ । यो अध्ययनमा ९ हजार घरपरिवारको नमुना लिइन्छ । यसले नयाँ तथ्याँक पक्कै आउँछ ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...