-राष्ट्रपतिद्वारा नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश जारी, के जारी भएको थाहा छैन

राष्ट्रपतिद्वारा नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश जारी, के जारी भएको थाहा छैन

Hollywood Khabar May 22,2021 Comments

नेपालको संसदमा रहेको नेपालको नागरिकता पहिलो संशोधन बिधेयकलाइ चोरीबाटोबाट जारि गरिएको छ। मे २३, २०२१ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश २०७८ जारी गरिएको छ।

नेपालको संविधान धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा सो विधेयक जारी गरिएको भनिएता पनि के के बिषयमा परिमार्जन हुने र के नहुने भन्ने केहि पनि छैन। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले सो अध्यादेश जारी गरेको विज्ञप्ति प्रेषित गरेता पनि बिस्तृत कुरा उल्लेख गरिएको छैन।

स्मरणीय कुरा, संसदमा रहेको सो बिधेयकमा गैरआवासीय नेपाली नागरिकता ऐन पनि उल्लेख थियो। अब त्यो बिषयमा केहि आयो या आएन त्यो भने थाहा छैन।