तस्बिर साभार वेब

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

Hollywood Khabar October 20,2019 Comments

४ कार्तिक,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गर्नुभएको छ।सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सो सुरुङमार्ग चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित समारोहमा शिलान्यास गरिएको हो।प्रधानमन्त्री ओलीले त्यहाँस्थित शिलापत्र पनि अनावरण गर्नुभयो ।

निर्माणपछि सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै यो पहिलो सुरुङमार्ग बन्ने छ।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा शुरु गरिएको सुरुङ मार्गका लागि रु २२ अर्ब लाग्ने अनुमान गरिएको छ।त्यसका लागि जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने जनाइएको छ।