-नक्सामा समेटिदैमा नेपाली सजिलै भुमि फिर्ता आउने वाला भने छैन

नक्सामा समेटिदैमा नेपाली सजिलै भुमि फिर्ता आउने वाला भने छैन

Hollywood Khabar May 18,2020 Comments

घनश्याम श्रेष्ठ/५/१९/२०

सोमबार नै मन्त्रिपरिषदले भारतले मिचेको भनिएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्बजनिक गरेकोमा नेपाली जनताहरु खुशी भएको देखिन्छ। तर असली खुशी त त्यो बेला आउँछ जब नेपालले उक्त भुमि फिर्ता लिन सक्छ। नक्सामा समेटिदैमा नेपालले उक्त भुमि सजिलै फिर्ता पाउने वाला भने छैन।

तर हिजो सम्म कालापानी लिम्पियाधुरा सम्मको भुमि नेपालको होईन भन्नेहरुको मुखमा आज बडेमानको ताला गजबले लागेको छ। प्रधानमन्त्री केपी ओलीले मंगलबार संसदमा सम्बोधन गर्दै पछिल्लो सममय भारतले अतिक्रमण गरिरहेको सबै भुमि नेपालकै भएको प्रष्ट्याउनु भएको तथा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालमै कायम हुने प्रतिवद्धता जनाउनु भएको छ ।

२०१८ सालसम्म नेपाली जनतासँग तिरो उठाउने काम गरिरहेको तर सन् १९६२ मा भारत र चीनबीचको लडाइँपछि रोकिएको थियो तथा कालापानी, लिपुलेक, लिम्पियाधुरा विवास्पद भूभाग होइन, विवादास्पद बनाइएको हो, उहाँले भन्नुभयो, हामीले अर्गेल्याइँ गरेको भए पो कोही रिसाउन छ कि भन्ने डर।

हामीले केही अर्गेल्याइँ गरेका छैनौं। नक्शामा कुनै तमासा गरिएको पनि होइन र देखाउनका लागि पनि गरिएको होइन। हामीले आफ्नो भूभाग फिर्ता गर्नेछौं । यसबाट सिंगो देश खुशी हुनेछ।

तर नक्साको फेरबदल तथा भनाईले मात्र समस्याको समाधान नहुने हुनाले सबल नीति तथा कार्यक्रम बनाएर भारतसँगको सीमा विवाद कुटनीतिक र राजनीतिक तबरबाट छिट्टै टुंगो लगाउँदा राम्रो हुने थियो कि । साथै सोहि अनुसार निशान छापहरु सच्याउन संविधान संशोधन गरि उक्त नक्सालाई संविधान संशोधन मार्फत मान्यता दिने कि । नेपाल र भारत सम्बन्ध सीमा विवादको साथै आपसी सम्बन्धमा समेत आँच आउँन नदिनको लागि सजक हुनु जरुरि देखिन्छ।

जय देश, जय नरेश