-नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया विरुद्ध मुद्दा दिने प्रक्रिया सुरु

नर्दन क्यालिफोर्नियाको नेपाली समुदायीक भवन बनाउने बिषयमा मुद्दा

Hollywood Khabar August 23,2021 Comments

सान फ्रान्सिस्को, अगष्ट २३, २०२१

नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया (एनएएनसी) विरुद्ध नेपाली कम्युनिटी सेन्टरले भ्रष्टाचार भएको दाबी गर्दै मुद्दा दिने प्रक्रिया सुरु गरेको कुरा संबद्ध पक्षले बताएको छ।

हाम्रो वकिलले न्यान्सीलाई मुद्दाको न्यायिक प्रक्रिया अनुसार ३० दिनको म्याद दिएर डिमाण्ड पेपर बुझाइसकेका छन्। चित्त बुझ्दो जबाफ नआएमा नेपाली सामुदायिक केन्द्रका लागि भनेर उठाइएको रकम हिनामिना भएको दाबीका साथ मुद्दा दर्ता हुनेछ। नेपाली कम्युनिटी सेन्टरका कोषाध्यक्ष अनिल पाण्डेले जानकारी गराउनु भएको छ।

सान फ्रान्सिस्कोमा रहेका नेपाली संघ सस्थाहरुले सबै मिलेर २०११ मा नै नेपाली कम्युनिटी सेन्टर निर्माण गर्ने भनेर सबैले (एमओयु) समझदारी पत्रमा हस्ताक्षर गरे। यो सबैको साझा सामुदायिक केन्द्र १७ वटा सँस्थाको साझेदारीमा अहिलेलाई सामुदायिक भवन नबन्दा सम्मलाइ उठेको सम्पूर्ण रकम नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया (एनएएनसी) को खातामा छुटै NCC को खाता खोलिराख्ने जिम्मा दिइएको थियो।

एनसीसी निर्माण भै सकेपछि छुटै संस्थाको रुपमा काम गर्ने लिखित समजदारी भएको पनि थियो। तर न्यान्सीले सो रकम साझेदार सस्थालाई थाह नै नदिई आफ्नो नाममा विवादित जग्गा खरिद गर्यो र झगडाको विउ रोप्यो भन्नुहुन्छ अनिल पाण्डे।

२०१२ र २०१९मा नेपालबाट पण्डित दीनबन्धु पोख्रेललाई बोलाएर सप्ताह लगाई चन्दा र दान संकलन पनि गरियो। तर हिसाव पारदर्सि बनाइएन। सामुदायिक भवन बनाउनकै लागि निर्वाचनको आवहान अनुसार यज्ञलाल श्रेष्ठको अध्यक्षतामा नेपाली कम्युनिटी सेन्टर (एनसिसी) टीम निर्वाचित भयो। प्रतिसंस्था अमेरिकी डलर २ हजार ५ सय सदस्यता शुल्क तिरेर पार्टनरशिप लिने व्यवस्था भए अनुसार १५ वटा सस्थाको पार्ट्नर्शिपमा काम अघिवडनु पर्नेमा कुनै सस्थालाई थाह नै नदिई रकमको प्रयोग भयो भन्छन अन्य संस्थाहरु।

अनियमिता छ या के छ तर पनि निर्वाचित यज्ञलाल श्रेष्ठको टीमलाई कुनै पनि हर-हिसाव अधिकार नदिई दुइवर्ष यतिकै झुलाएर राखियो। यति मात्र होइन उसो त न्यान्सीमा पटक पटक कोषाध्यक्ष परिवर्तन गरि सहि तथ्य कुरा लुकाउने प्रयास भएको आरोप त बैठकमा नै उठेको थियो। शुल्क तिरेर हामी चुनाबमा गएर हामीले नेपाली सामुदायिक केन्द्रका लागि दुई वर्षको कार्यकाल सकियो, हामीले केन्द्रका लागि चन्दा कति उठ्यो, कति खर्चभयो त्यसको विवरण चाहियो भनेर बारंबार मागियो।

हामिलाइ सबै डकुमेण्टहरू चाहियो भन्दा न्यान्सीका साथीहरुले पारदर्शिता कायम गर्नसक्नु भएन। बारम्बारको प्रयास असफल भएपछि हामी मुद्दामा जान बाध्य भएका हौं। कोषाध्यक्ष पाण्डे भन्नुहुन्छ। विदेशमा रहेका नेपालीले आफ्नो संस्कृति, भाषा र पहिचानको संरक्षणका लागि ठूला शहरहरुमा कम्युनिटी सेन्टरहरु बनाएका छन्।

अमेरिकामा यस प्रकारको प्रयास थाल्ने सान फ्रान्सिस्को नै पहिलो शहर हो। तर, एलए, टेक्सस लगायतका शहरमा पछि पहल थाले पनि यस्ता केन्द्रहरु बनिसकेका छन्। तर विवाद र अनियमितताकै कारण सान फ्रान्सिस्को भनेपछि परेको दाबी एनसिसीको छ।

यसबीच न्यान्सीले साढे तीन लाख डलरको जमिन भने कम्युनिटी सेन्टरका लागि खरिद गरेको जनाइएको छ। अन्य आर्थिक विवरण भने बाहिर ल्याइएको छैन। यस सम्बन्धमा न्यान्सीका अध्यक्ष ईश्वर कान्त सिटौलासँग थप जानकारी लिन प्रयास हुँदैछ।