NANC को बार्षिक पिक्निक २०१७ हुने

Hollywood Khabar April 10,2017 Comments

सान फ्रान्सिस्को बे एरियामा ३ दशक भन्दा पुरानो संस्था नेपाली एशोसिएशन अफ नर्दर्न क्यालिफोर्निया (NANC) ले हरेक वर्ष गर्ने गरेको बार्षिक पिक्निक यो वर्ष पनि नियमित गर्ने भएको छ।
गत मार्च महिनामा सम्पन्न संस्थाको साधारण सभाबाट रविन्द्र राइको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमतिले बिगत देखि गर्दै आएको बार्षिक पिक्निक कार्यक्रम यो वर्ष पनि नियमित गर्ने कुरा जनाएको छ। सँस्थाका बरिष्ठ उपाध्यक्ष तथा पिक्निक कार्यक्रमका संयोज इश्वर सिटौलाले सबै नेपाली संघ-सँस्थ तथा व्यक्तिहरुलाई सहभागी भैदिनु हार्दिक अनुरोध गर्नु भएको कुरा हलिवुड खबरलाइ बताउनु भएको छ।

--------------------------------
आदर्निर्य सम्पुर्ण बे-एरिया बासि नेपाली बुवा आमा , दाजु भाई , दिदि बहिनिहरुमा सर्ब प्रथम नया वर्ष २०७४ को उपलक्ष्यमा नेपाली एशोसिएशन अफ नर्दर्न क्यालिफोर्निया (नान्स) हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
यस नया वर्षको आगमनको साथ् साथै सान फ्रान्सिस्को बे एरियामा बस्नु हुने हामी सम्पुर्ण नेपालीहरुको बीच शुभ-कामना आदान-प्रधान तथा एक पारिवारिक भेटघाट र मिलनको अबसरलाई बनभोजले परिणत गर्दै यहाँहरु सम्पुर्ण परिवारलाई चुलै निम्तोको साथै हजुरहरुको छर-छिमेकहरुलाई समेत तपाईहरु मार्फत नान्सको हार्दिक निम्तो छ र दिनुहुन् हार्दिक अनुरोध गर्दछौ।
उक्त बनभोजको दिन नान्स यहाँहरुको उपस्थिति र सतकारको लागि आतुर रहेको र नान्सको आतितिथ्य स्वीकार दिनु हुने हार्दिक अनुरोध गर्दछौ।

थप जानकारीको लागि:
खाना : स्वादिस्ट नेपाली परिकार

Date :  29 April 2017
Time: 12:00 to 6:00 PM
Address: 900 Dornan drive , Richmond, CA 95801
Miller Knox Regional Park point ,Richmond
Entry : Free (donation will be accepted for social cause and build Nepali community center)
Ishwar sitoula
Sr. VP and
Coordinator-NANC Picnic 2017