https://www.youtube.com/embed/l8NVFNNa3kQ

नरेश बोहोराको ज्यानकै बाजी सार्वजनिक

Hollywood Khabar March 11,2018 Comments

फटाफट गीत बजारमा ल्याउने सर्जक नरेश बोहोराको नयाँ गीत ज्यानकै बाजी सार्वजनिक भएको छ। मायाँ प्रेमको सेरोफेरोमा रहेर बनाइएको गीतमा चर्चित गायक बिष्णु खत्री र जुना श्रीसले आवाज दिनुभएको छ। केहि समयदेखि निर्देशनमा सक्रिय रहेका युवा गायक तथा सर्जक प्रेम सापकोटा सोनुले निर्देशन गरेको भिडियोमा प्रेम सापकोटा,गुञ्जन लोहोनी र दिपक कंडेलको अभिनय देख्न सकिन्छ। कृष्ण फिल्मसको ब्यानरमा बनेको भिडियोलाई ईन्द्र भण्डारी-प्रकाशले छायांकन र नवीन घर्ति मगरले सम्पादन गर्नुभएको छ। शितल सिजन म्युजिकले बजार व्यवस्थापन गरेको गीत जापानको विभिन्न स्थानमा छायाँकन गरिएको हो।