-उपमेयर सत्याल

प्रदर्शनी र र्यालीमा हिडाएर मात्रै महिला उन्नती हुँदैन-उपमेयर सत्याल

Hollywood Khabar March 06,2019 Comments

ललितपुर/२३ फागुन

१०९ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ललितपुरमा महिला उद्यमीद्धारा उत्पादित सामग्रीहरुको प्रदर्शनी गरिएको छ।

जहाँ महिला, त्यहाँ विकासको पाइला भन्ने नाराका साथ ललितपुरमा महिला उद्यमीद्धारा उत्पादित सामग्रीहरुको प्रदर्शनी सुरु भएको छ । १०९ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ललितपुर महानगर परिसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।

विहिबारबाट सुरु भएको प्रदर्शनी ३ दिनसम्म चल्नेछ। प्रत्येक वर्ष मार्ग ८ तारिकलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाइदै आएको छ। प्रर्दशनीमा ललितपुर महानगरपालिकाभित्रका १७ वटा महिला समूह, सहकारी तथा संघसंस्थाहरुले स्टल राखेका छन्।

लैगिक समानताको लागि समान सोच र व्यवहार समृद्धिको आधार भन्दै यस वर्ष नेपालमा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै छ। ३ दिने प्रदर्शनीको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले महिलाहरुले उत्पादन गरेको सामग्रीहरुको प्रदर्शनी गरेर उनीहरुको आर्थिक उन्नतीमा सहयोग पु¥याउनका लागि महानगरले पहल गरेको वताइन्, उपमेयर सत्यालले बताइन।

नारी दिवस मनाउने नाममा र्यालीमा हिडाएर मात्रै महिलाहरुको उन्नती हुँदैन। उनीहरुको आर्थिक उन्नती हुने खालका कामहरु गर्नु आवश्यक छ। महिलाहरुको शसक्तिकरणका लागि उनीहरुको आर्थिक उन्नती हुने खालका कामहरु गर्नु पर्नेमा उपमेयरको जोड थियो।

उपमेयर सत्यालले यस किसिमको प्रदर्शनीले महिला उद्यमीहरुमा हौसला मिल्ने वताइन्। उनले भनिन्, यो प्रदर्शनीले ललितपुर महानगरपलिकाका सम्पूर्ण महिला उद्यमीहरुको हौसला बढेको छ।’ नारी दिवसका अवसर पारेर मात्रै भन्दा पनि अन्य विभिन्न समयमा पनि यस्ता प्रदर्शनीहरु आयोजना गरेर महिलाहरुको क्षमता, दक्षता र सीप विकासमा योगदान पु¥याउनु पर्ने वताइन्।

त्यस्तै ललितपुर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले महिलाहरुले उत्पादन गरेका सामग्रीहरुलाई बजारीकरण गर्नुपर्ने वताए। उनले महिलाहरुको आर्थिक सशक्तिकरणका लागि ललितपुर महानगरपालिका भित्रका सबै महिला समुह, सहकारी तथा महिलाहरुद्धारा सञ्चालित विभिन्न संघसंस्थाहरु समेतलाई समेटेर बृहत किसिमको प्रदर्शनी आयोजना गर्ने वताए।