-राष्ट्रियताकाे जगेर्नामा संगीतकाे ठूलाे महत्त्व हुन्छ-वाङ्गमय शताब्दीपुरुष सत्यमाेहन जाेशी

राष्ट्रियताकाे जगेर्नामा संगीतकाे ठूलाे महत्त्व हुन्छ-वाङ्गमय शताब्दीपुरुष सत्यमाेहन जाेशी

Hollywood Khabar November 15,2019 Comments

ललितपुर/३० कार्तिक, वाङ्मय शताब्दीपुरुष, वरिष्ठ संस्कृतिविद् सत्यमाेहन जाेशीले राष्ट्रियताकाे जगेर्नामा संगीतकाे ठूलाे महत्त्व रहेको वताएका छन् । राष्ट्रिय बाैद्धिक केन्द्र, ललितपुरद्वारा आयाेजित 'राष्ट्रियताकाे लागि संगीतकाे उपादेयता' विषयक कार्यक्रममा मन्तव्य राख्दै वाङ्गमयपुरुष जाेशीले भने, 'संगीतकाे माध्यमबाट राष्ट्रियताकाे जगेर्ना गर्न सकिन्छ,त्यसका लागि सरकारी तहबाट पनि पर्याप्त स्थान दिनु अावश्यक छ । संगीत विनाकाे शिक्षा अपूर्ण हुने भन्दै वाङ्मय शताब्दीपुरुष संस्कृतिविद् जाेशीले भने, 'संगीतलाई हाम्राे शिक्षा प्रणालीमा पनि संगीतलाई तल्लाे तहदेखि नै समेटेर लैजानु पर्छ। विभिन्न जातजाति, भाषाभाषीका रितिरिवाज, कलासंस्कृति, धर्मकर्मलाई समेटेर राष्ट्रियताकाे भावना निर्माण गर्न संगीतकाे महत्त्वपूर्ण स्थान रहेकाे जाेशीले वताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पाैडेलले देशले संगीतलाई त्यति महत्त्व दिन नसकेको वताए । युवा नेता पाैडेलले भने, संगीत एउटा सृजना हाे । सृजना अाफैमा सकरात्मक र रचनात्मक हुन्छ । यसकाे विकासका लागि नेपालकाे सरकार र राजनीतिज्ञहरुले जति महत्त्व दिनुपर्ने हाे, त्यति दिन सकेकाे अवस्था छैन। राज्य र समाजकाे कुनै लगानी विना नै अहिलेसम्मका ठूलाठूला भनेर मानिएका संगीतज्ञहरु पनि अाफ्नै साधनाले सफल भएको नेता पाैडेलले वताए । नेता पाैडेल भन्छन्, विद्यालयकाे पाठ्यपुस्तक भित्र संगीतलाई समेट्न नसक्नुले पनि देशले संगीतलाई महत्त्व नदिएकाे जस्तो देखिएकाे छ ।

नेपाली कांग्रेस ललितपुरका सभापति तथा पूर्व सांसद मदन बहादुर अमात्यले संगीतले हरेक मान्छेलाई प्रभाव पार्ने र त्यसले अाकर्षण गर्ने वताए । उनले भने, 'हरेक नेपाली संगीतसंग खेलिरहेको हुन्छ। ' संगीतकाे माध्यमबाट राष्ट्रियताकाे जगेर्ना गर्नकाे लागि नेतृत्व तहकाे ठूलाे भूमिका हुने अमात्यकाे भनाइ छ ।

त्यस्तै भारतीय राजदुतावासका प्रथम सचिव प्राध्यापक केदरनाथ शर्माले मानिसकाे अाधारभूत अावश्यकतासंगै संगीत पनि महत्त्वपूर्ण रहेकाे वताए । उनले भने, 'मानिसकाे अाधारभूत अावश्यकतासंगै संगीत पनि महत्त्वपूर्ण कुरा हाे, संगीतले समाजलाई जाेड्छ । एकअर्कामा माया बढाउँछ, अात्मियता वृद्धि गर्न सहयाेग पुर्याउछ ।

ललितपुर महानगरपालिकाका सामाजिक विकास समितिका संयाेजक तथा वडा नं. २४ का अध्यक्ष दिनेश कार्कीलेसंगीत विनाकाे मानिस रस विनाकाे फलफूल जस्तै भएको वताए । कार्कीले भने,'संगीतलाई पनि समेटेर विकासका कामहरुसंगै अगाडि वढाउनु पर्छ । यही साेचका साथ ललितपुर महानगरपालिकाले गतवर्ष ६५ जना यूवाहरुलाई संगीत सिकाउन महानगरकाे सामाजिक विकास समितिले याेगदान पुर्याएकाे छ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेकाे समेत उपस्थित रहेकाे थियाे । राष्ट्रिय लाेकतान्त्रिक बुद्धिजीवी संघका अध्यक्ष उदयचन्द्र मिश्र, साहित्यकार गाेपाल अस्कर लगायतले राष्ट्रियताकाे लागि संगीतकाे उपादेयताका सन्दर्भमा अाफ्नाे भनाइ व्यक्त गरेका थिए।कार्यक्रमका सभापति एवं राष्ट्रिय बाैद्धिक केन्द्र ललितपुरका अध्यक्ष पवनलाल श्रीवास्तवले संगीतले राष्ट्रकाे गाैरवलाई उच्च राख्न वल पुर्‍याउने वताए ।