-Nawaraj Sanjel

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित राष्ट्रव्यापी सन्देशमूलक गीत लेखनमा सञ्जेल प्रथम

Hollywood Khabar July 21,2020 Comments

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा आयोजित खुला राष्ट्रव्यापी सन्देशमूलक गीत लेखन प्रतियोगितामा ललितपुर इकुडोलका सर्जक नवराज सञ्जेल प्रथम भएका छन्।

गत फाल्गुन २५ गतेसम्म आफनो रचना केन्द्रमा बुझाउन इच्छुक गीतकारहरुलाई सार्वजनिक रूपमा राष्ट्रिय दैनिक गोरखापत्रमा माग गरिएको थियो। खासगरी भर्ना अभियान सफल बनाउन र विद्यालयमा विद्यार्थी टिकाउ राख्न गीत तयार पार्न भनिएको थियो। बन्दाबन्दीका कारण भने जसरी प्रचारप्रसार गर्न नसकिएको केन्द्रले जनाएको छ।सञ्जेलका यस अघि वाग्मती पहिचान गीत तथा गोदावरी बडिखेल कोड्कु गीति वृत्तचित्र सार्वजनिक भै सकेका छन्।

गीत लेखन सहित भिडियो निर्देशन गरेका सर्जक नवराज सञ्जेलको अर्को सन्देशमूलक कृषिप्रधान गीत सार्वजनिकको अन्तिम चरणमा रहेको छ। केन्द्रले प्रथम भएकोमा नगद पन्ध्र हजार सहित पुरस्कृत गरेको छ। नवराज सञ्जेल रेडियो जर्नालिस्ट पनि हुन्।