-निक्कै चर्चित र लोकप्रीय बनेका गायक नवीन पौडेल

दर्शकको मायाले सर्बोत्कृस्ट गायक अवार्ड हँसमुख गायक नवीनको पोल्टामा

Hollywood Khabar December 03,2018 Comments

१९ मंसिर,काठमाडौं।यसबर्षको सर्बोत्कृस्ट गायक अवार्ड दर्शकमाझ निक्कै चर्चित र लोकप्रीय बनेका गायक नवीन पौडेलको पोल्टामा परेको छ।काठमाडौं कमलादी स्थित प्रज्ञा प्रतिश्ठान को हलमा एक भब्य समारोहका बिच नवीनलाई बिन्दबासिनी म्युजिक अवार्ड 2075 अन्तर्गतको  सर्बोत्कृस्ट गायक अवार्ड प्रदान गरिएको हो।"फुलेको तोरिलाइ बैँस आकि छोरिलाइ जोगाउनै गाह्रो" बोलको गीतबाट गायक नवीन पौडेललाई सर्बोत्कृस्ट गायक अवार्डअवार्ड प्रदान गरिएको हो।

करिब दुई दसक लोकगीत को श्रीबृद्दिमा लागेका अहिलेका निक्कै नै ब्यस्त चर्चित लोकप्रिय एबम स्टेजका अपरिहार्य पौडेल लाई सर्बोत्कृस्ट गायकको बिधामा सम्मान गरिएको सस्थाकी अध्यक्ष लिना शर्मा रेग्मिले बताइन्। गीत सङीत क्षेत्रका मुर्धन्य ब्यक्तिहरुको उपस्थितिमा बितरण गरिएको अवार्ड समारोहमा बरिस्ठ गायक एबम सङीतकार शक्ति बल्लब लाई एक लाख राशी सहित दिर्घ साधना सम्मान प्रदान गरिएको थियो।

यथार्थपरक चेतनामूलक एबम समयसापेक्ष गीत श्रीजनामा अनबरत र अबिछिन्न रुपमा लागेका पौडेलको लागि यो दोश्रो अवार्ड हो। यश अघि उनले सगरमाथा म्युजिक अवार्ड मा "बाग्लुङ दरमखोला" बोलको मौलिक बन्चेबाजाको गीत बाट सर्बोत्कृस्ट मौलिक गीत गायक को बिधामा अवार्ड प्राप्त गरेका थिए। देशका लगभग सबै भुभाग र बिश्वका दर्जनौँ शहरमा पुगेर हाम्रो देशको कला सस्कृतिलाइ प्रोत्शाहन गरिरहेका छन गायक पौडेलकोए हजुर सुन्नुभाछर, यस्तै हुन्छ भन्नेभा, रातो डोरि कपाल लर्केको, के सम्झना छर जान्न मत त्यो घर, बुलाकी झुम्काना, हरेक जातजाति छौँ नानाथरी, सत्य खान्छु कसम, श्रीनगर बतासे डाडैमा, आजै भेट भाको धनगढी आको म परेँ पाल्पाको, दुखका दिन गए, नया पार्टी खोल्छु लगायत का दर्जन बढी गीत दर्सक श्रोताको मानसपटलमा बसिसकेका छन्।

मृदुभाशी सरल एबम सामाजिक भाबनाका गायक पौडेल अन्तरास्ट्रिय कलाकार मन्च नेपालका उपाध्यक्ष, प्रस्तोता समाज नेपाल का कार्यकारी सदस्य एबम रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालका पुर्ब केन्द्रिय सदस्य समेत हुन। आगामी दिनमा अझ राम्रा श्रीजना हरु श्रीजना गरेर दर्सक श्रोताको मन जित्न आतुर छन गायक पौडेलले सुन्दर सुदुरपस्चिम को कला सस्कृती र पर्यटन सम्बन्धी गीत "घर मेरो सुदुर पश्चिम" लिएर आएका छन्। अवार्ड बर्ष भरिमा गीत सङीतमा उत्कृस्ट काम गरे बापत संगीत कर्मिहरुलाइ अवार्ड प्रदान गरिने गरिन्छ।