-नेपाली कांग्रेस

आचारसंहिताको पूर्ण पालना गराउन कांग्रेसको माग 

Hollywood Khabar November 14,2019 Comments

२९कात्तिक,काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले  निर्वाचन आयोगसँग निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउनआग्रह गरेको छ ।कांग्रेसको तर्फबाट निर्वाचन आचारसंहिता अनुगमन समितिले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँग भेटर मंसिर १४ को उपनिर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ । 

निर्वाचन कानून र निर्वाचन आचारसंहिता विपरितका कुनै पनि गतिविधि सांसद, मन्त्रीलगायतबाट पनि हुन नदिन निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराइएको समितिका संयोजक एवम् कांग्रेस रमेश नेता लेखकले जानकारी दिए ।समितिका संयोजक रमेश लेखकले निर्वाचन कानुन र निर्वाचन आचारसंहिता विपरित सांसदहरुको ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ को योजना छनौटका लागि भइरहेका परामर्श बैठकहरु तत्काल स्थगित गराउन पनि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग आग्रह गरे।

आगामी मंसीर १४ गते ३७ जिल्लामा रिक्त रहेका प्रतिनिधिसभा सदस्य १ तथा प्रदेश सभा र स्थानीय तहको विभिन्न ५२ वटा पदका लागि निर्वाचन हुँदैछ ।कांग्रेसले उपचुनाव हुने पाँचथर, बाग्लुङ, संखुवासभालगायतका जिल्लाहरुमा निर्वाचन आचारसंहिता विपरित सांसद कोषको योजना तर्जुमा गर्ने तथा मन्त्रीहरुले विकास निर्माणका विभिन्न कार्यक्रम घोषणा गरेको दाबी गरेको छ ।