-नेपाली कांग्रेस

कांग्रेसकाे महाधिवेशन विवाद टुंगियाे 

Hollywood Khabar January 23,2020 Comments

१० माघ ,काठमाडौँ ।नेपाली कांग्रेसभित्र रहेकाे महाधिवेशन विवाद टुंगिएको छ।पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आधारमा जबरजस्त महाधिवेशनको मिति घोषणा गरेपछि असन्तु्ष्ट भएका नेताहरु सहमति भएर महाधिवेशन गर्न राजि भएसँगै विवाद  टुंगिएको हाे ।शुक्रवार देउवा निवास बुढानीलकण्ठमा दिनभर बसेको शीर्ष नेताहरुको बैठकले महाधिवेशनकाे पूर्वनिर्धारित मिति ०७७ फागुन ७ देखि १० गते गर्ने लगायत सबै विषयमा सहमतिकै आधारमा अघि बढ्ने निर्णय गरेको हो ।

बैठकले असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेलसहित कार्यदलका सदस्यहरुबीच भएकाे सहमति अनुसार कांग्रेसले सहमतिका विषयलाई वैधानिकता दिन माघ १३ गते अपरान्ह १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको  छ । जसमा असन्तुष्ट पक्षका सदस्यहरु समेत उपस्थित हुने बताइएको  छ।