कृष्ण के सी/अमेरिका
नेपाली जनसम्पर्क समिति अमेरिकाको नर्दन क्यालिफोर्निया च्याप्टरले नेपाली कांग्रेसको क्रियाशील सदस्यता आवेदन दिएका र प्रमाणित भएर आएका सदस्यता वितरण कार्यक्रम राखेको छ।
च्याप्टरका सभापति पूर्ण शेर्पाद्धारा प्रेसित सूचनामा नेपाली जनसम्पर्क समिति अमेरिकाका यस च्याप्टरका संबन्धित/आवेदक सबैको उपस्थितिको लागि अनुरोध गरिएको छ।
कार्यक्रममा नेपाली कांग्रेस काठमाण्डौका नेता तिर्थराम डंगोल, नेपाली कांग्रेस गोरखाका पार्टी सचिव नन्द प्रसाद न्यौपाने तथा लोक प्रसाद ढकाल, रामचन्द्र वाग्ले समेत उपस्थित रहनेछ।
त्यसैगरी जनसम्पर्क समितिका बरिष्ठ उपाध्क्ष धनन्जय नर्सिङ्ग के सी, सचिव, इश्वर सापकोटा, सदस्यहरू किलन राइ, चन्द्र धिताल लगायत समितिका केन्द्रिय तथा च्याप्टर सल्लाहकारहरूको समेत उपस्थिति रहनेछ। कार्यक्रममा सान च्याप्टरका कार्यक्षेत्रका सबै नेपाली समुदायलाइ उपस्थितको लागि अनुरोध गरिएको बताइएको छ।
कार्यक्रम मिति; December 2, २०१८ Sunday
समय: सॉझ ६ बजे
स्थान: Palace of Spices, 173 Eddy Street, San Francisco
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...