-NRNA:एनसीसी नेदरल्याण्ड्सले द हेग स्थित भारतीय राजदूतावासमा ज्ञापन पत्र बुझायो

NRNA:एनसीसी नेदरल्याण्ड्सले द हेग स्थित भारतीय राजदूतावासमा ज्ञापन पत्र बुझायो

Hollywood Khabar November 25,2019 Comments

कृष्ण के सी/अमेरिका/११/२६/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) नेदरल्याण्ड्सले The Hague स्थित भारतिय राजदूतावासमा ज्ञापनपत्र समेत बुझाएको छ।

एनआरएनए एनसीसी नेदरल्याण्ड्सका महासचिव संघर्षशिल के सीले हलिउडखबरलाई गराएको जानकारी अनुसार The Hague स्थित भारतिय राजदूतावास घेराउ, धर्ना, विरोध गर्नुका साथै ज्ञापनपत्र समेत बुझाएको छ। सो कार्यक्रमको नेतृत्व/संयोजन एनआरएनए एनसीसी नेदरल्याण्ड्सले गरेको थियो। कार्यक्रममा अन्य संघ-संस्था र नेपाली समुदायको उपस्थिति रहेको थियो।

एनआरएनए एनसीसी नेदरल्याण्ड्सका महासचिव के सीका अनुसार, हालै भारत सरकारले जारी गरेको नयाँ नक्शामा नेपालको अविभाज्य भूमि कालापानी, लिपुलेक अनधिकृत रुपमा आफ्नो नक्शामा देखाईएकै कारण संघका अन्तराष्ट्रिय महासचिवद्वारा प्राप्त निर्देशन अनुसार नै सो कार्यक्रमको आयोजना गरिएको हो।

नेपालको स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखण्डता जोगाउन भारतीयको सो हर्कतका विरुद्ध नेपाल सरकारले प्रारम्भ गरेको कुटनीतिक पहल, राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनताले गरेको प्रयासलाई प्रवासबाट पनि एक्यबद्धता जनाउन र दबाब सिर्जनागर्न गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्स र नेदरल्याण्ड्सस्थित विभिन्न संघ, संस्थाको सयुक्त पहलमा The Hague स्थित भारतिय राजदूतावास घेराउ, धर्ना, विरोध तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

व्यस्तताका बावजुद राष्ट्रियताका लागि भएको सांकेतिक बिरोध कार्यक्रमलाइ सफल बनाउन, उपस्थिति, सहकार्य र सहभागिताकानिम्ति नेदरल्याण्डस्थित आदरणीय सम्पूर्णलाइ एनआरएनए एनसीसी नेदरल्याण्ड्सले हार्दिक कृतज्ञता, आभार एबम धन्यबाद ब्यक्त गरेको छ।