Nepali Community Center, San Fransisco

सान फ्रान्सिस्कोमा रहेको नेपाली कम्यूनिटी सेन्टरको निर्वाचन मार्च १०, २०१९ मा

Hollywood Khabar February 15,2019 Comments

कृष्ण के सी/अमेरिका

नेपाली सामुदायिक केन्द्र, सान फ्रान्सिस्कोको नयाँ नेतृत्व चयन गर्नको लागि आगामी मार्च १०, २०१९ को मिति तोकिएको छ।

नेपाली एशोसियाशन अफ नर्दन क्यालिफोर्निया (NANC) का वर्तमान अध्यक्ष रविन्द्र राइ निर्वाचन प्रमुख रहेको समितिको निर्णय हलिउडखबरलाइ प्राप्त भएको हो। सेन्टरको सभामा $१००० भन्दा धेरै चन्दा दिने दाताहरु, स्टेकहोल्टडर संस्थाहरूका प्रतिनिधिहरु सदस्य हुनेछन।

यो निर्वाचन आन्तरिक भएकोले अन्य व्यक्ति र सर्वसाधारणलाइ निमन्त्रणा नगरिएको कुरा संयोजक समेत रहेका राइले बताए।