-नेपाली सामुदायिक केन्द्रको कार्यसमितिले खाना देखि थुप्रै सहयोग गर्दै

नेपाली सामुदायिक केन्द्रको कार्यसमितिले खाना देखि थुप्रै सहयोग गर्दै

Hollywood Khabar May 02,2020 Comments

कृष्ण के सी/अमेरिका/५/३/२०

नेपाली सामुदायिक केन्द्र, सान फ्रान्सिस्को कार्यसमितिले कसैबाट केहि नउठाइकन, कुनै आर्थिक र सामानको सहयोग नलिएर नै कोभिड १९ का प्रभावितहरुलाई सहयोग गर्दै आएको छ।

लामो समय देखि बन्न प्रक्रियामा रहेको तर अझै बन्न नसकेको नेपाली सामुदायिक केन्द्र सान फ्रान्सिस्कोको यो पटकको कार्यसमिति अलि आशलाग्दो छ। ब्यबसायी यज्ञलाल श्रेष्ठको नेतृत्वमा रहेको यो कार्यसमिति कोरोना भाइरस डिजिज-कोभिड १९ को महामारीमा थुप्रै व्यक्तिहरुलाइ आवश्यक सहयोग गर्न व्यस्त छन्।

उन त थुप्रै अरु संघ-संस्था, व्यक्ति र परिवारहरु पनि कोभिड-१९ राहत, सहयोग र सपोर्टको लागि व्यस्त छन। तर नेपाली सामुदायिक केन्द्र, सान फ्रान्सिस्कोले भने अत्यन्तै फरक रुपमा सपोर्ट गर्दै आएको छ।

कोभिड १९ का कारण समस्यामा परेका व्यक्ति र परिवारहरुलाई आवश्यक ग्रोसरी, ओभर द काउण्टर औषधिहरु, ग्लोब, मास्क, स्यानिटाइजर लगायतका कुराहरु कसैको सपोर्ट र सहयोग नलिएर नै वितरण गर्दै आएको छ। यस्तो सहयोग आवश्यक्त परिवार, व्यक्तिलाई कार्यसमितिका सबैले आफ्नै खर्चले दिने निर्णय गरेका छन्। सोहि अनुरुप ग्रेटर सान फ्रान्सिस्को बे एरियाका थुप्रै शहरहरुमा विभिन्न प्रतिनिधिहरुको नाम र सम्पर्क नम्बर समेत सार्वजनिक गरेका छन्।

यसलाई कार्यलाई राहत होइन सहयोग भन्न रुचाउने नेपाली सामुदायिक केन्द्रका पदाधिकारीहरुले गरेको सूचना यहाँ दुरुस्तै रुपमा पोष्ट गरिएको छ।

आदरणिय नर्दन क्यालिफोर्निया मा रहनुहुने आमा बुबा दिदी बैनी तथा दाजुभाई;

यस कोभिड -१९ को महामारी संक्रमण बाट बिश्व त्रसित रहेको बेला हामी र हाम्रो समाजमा पर्न गएको जटिल समस्या र परिस्थितिलाई मध्ये नजर राख्दै नेपाली सामुदायिक केन्द्र (एन्सिसी) ले खाध्यान्न, मास्क, सेनिटाईजर लगाएत यस कोभिड-१९ बाट बच्न र बचाउनको लागी तपाईहरूको समुदाईक केन्द्र तपाईहरूकै लागी भन्ने नाराका साथ कोहि कसैसंग चन्दा नमागी यस संक्रमणबाट पिडीत पक्षलाई सहयोग पुर्याऊन हामी तत्पर भएका छौ।

सहयोग लिनको लागी आफ्नो पाएक पर्ने डिस्ट्रिक र त्यस क्षेत्रको सम्पर्कको लागी निम्न लिखीत ब्यक्तित्वहरूसंग सम्पर्क गरी आवश्यक परेमा सहयोग लिईदिनु-हुन अपिल गर्दछौ।

नोट -: खाना बनाउनन र नसक्ने परिस्थितिमा भएमा खानाको लागी २ घन्टा अगाडी खबर गरेमा (१० देखी ३ बजे भित्र) हिमालयन फ्लेबर रेस्टुरेन्टद्वारा खान पनि उपलब्ध गराएको अबगत गराउदछौ।