-NRNA NCC USA LOGO

NRNA:एनसीसी अमेरिकाको कार्यक्रम, नेताले भिसा लिए, संचाकर्मी/पत्रकार निषेध

Hollywood Khabar February 18,2020 Comments

कृष्ण के सी/अमेरिका/२/१९/२०

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाले ठूलो र भब्य कार्यक्रम गर्ने भनेर नेपालका नेताले भिसा लिए तर प्रेसलाइ सूचना सम्म छैन।

हुन त एनआरएनए एनसीसी अमेरिकाले २०१७ देखि प्रेस र सूचनालाई दबाउने मात्र होइन लेखेकै भरमा सदस्यता नै खारेज गर्ने सम्मका धम्कि दिने गरेको छ। २०१९-२०२१ अबधीका लागि सुनिल साहको अध्यक्षताको निर्वाचित कार्यसमिति छ। साहको नेतृत्वले सुरु देखि नै प्रेसलाई बेवास्ता गर्दै आएको छ। यो समितिले बिश्व अधिवेशनमा प्रतिनिधि छनोट देखि बिधि-बिधान मिच्न सुरु गरेको हो। अहिले आएर त सँस्था नै गौरी घाटमा पुर्याइसक्यो अझै पुगेको छन्।

सूचना प्रेसमा दिने, संचार जगतमा पुग्ने-पुर्याउने चलन त बन्द नै भयो। यसको सट्टा एनआरएनए एनसीसी अमेरिकाका प्रवक्ता र सल्लाहकार नै फेक फेसबुक आइडि चलाएर दुनियाँलाइ अनावश्यक चरित्र हत्या गर्न लागि परेको प्रमाण आएको थियो। सो प्रमाण सहित उजुरी परेकोले तीन महिनाको लागि उनीहरुलाई सस्पेण्ड गरेको कुरा बाहिर आएको को छ।

उसै पनि संघले प्रेस र सूचनालाई लत्याउने गरेको छ। यो कुरा अहिले आएर भने प्रमाणित नै भएको छ। संघले फेब्रवरी २३, २०२० मा युवाहरुको सम्मेलन २०२० गर्ने भनेर नेपाल देखि नेता बोलाएको सुनिन आएको छ। तर प्रेस, संचारकर्मी र पत्रकारलाइ कुनै निम्ता र सूचना नै प्राप्त भएको छैन। अमेरिकाबाट संचालित दर्जन भन्दा धेरै मिडियाहरुलाई सम्पर्क गर्दा जानकारी नभएको पाइयो।

यति मात्र होइन नेपाली काँगेसका नेता धनराज गुरुङले अमेरिकी राजदुताबास काठमाण्डौबाट भिसा समेत लिएको कुरा हलिउडखबरलाइ प्राप्त भएको छ। उनका साथमा को-को अमेरिका आउलान त्यो त थाहा भएन। यस बाहेक केहि व्यक्तिहरुले गोप्य रुपमा भिसा आवेदन दिएको कुराको हल्ला पनि सुनिन आएको छ। यसका पछाडि आरोप लाग्ने गरेको मानव तस्करीको अर्को पाटो त छुपेको छैन ? प्रश्न भने जरुर उठेको छ।

एउटा अर्को कुरा, राष्ट्रिय स्तरको युवा सम्मेलन एनआरएनए एनसीसी अमेरिकाले गर्ने अनि कसैलाई थाहा नहुने, पत्रकार, संचारकर्मी कसैलाई जानकारी पनि नहुने, यसका पछाडी के रहस्य छ ? कार्यसमितिका व्यक्ति कहिले फेक आइडी चलाएर दुनियाँको चरित्र हत्या गर्न लाग्ने, कोहि लुकाएर कार्यक्रम गर्ने अनि संघ चाहिं कसका लागि हो ? पत्रकार र संचारकर्मी पनि निषेध त होइन ?