तस्बिर साभार वेब

नेकपाका उपाध्यक्ष वामदेव गौतमबरुद्ध सर्वोच्च अदालतमा रिट

Hollywood Khabar September 20,2020 Comments

५ असोज काठमाडौं। नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सदस्यका रूपमा काम गर्न रोक्नू भन्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उत्प्रेषण तथा परमादेश लगायत अन्य उपयुक्त आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएका हुन्। रिटको सुनुवाई बुधबार हुने सर्वोच्चले जानकारी दिएको निवेदक त्रिपाठी जानकारी दिए ।

त्रिपाठीले राष्ट्रपति कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल कम्युनिस्ट पार्टी कार्यालय र वामदेव गौतमलाई विपक्षी बनाएर सोमबार निवेदन दर्ता गरेका हुन्।पूर्व अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन्।प्रतिनिधि सभामा हारेकाहरूलाई राष्ट्रियसभामा लैजाने प्रवृत्ति बढेको भन्दै उनको नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ।