Hollywoodkhabar advertisement

नेपाल अमेरिका पत्रकार संघ-नेजाको अध्यक्षमा बिकास न्यौपाने निर्वाचित

-नेपाल अमेरिका पत्रकार संघ-नेजाको अध्यक्षमा बिकास न्यौपाने निर्वाचित

विजय थापा, डिसी महानगर क्षेत्र, जुलाई २५, २०२१

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को ७ औं अधिवेशन तथा १४ औं साधारणसभाबाट अध्यक्ष पदमा विकास राज न्यौपाने निर्वाचित भएका छन्।

जुलाई २४-२५, २०२१ मा भएको अधिवेशनमा विकास राज न्यौपाने, गोकुल ढकाल र अनुज थापा उम्मेदवार थिए। नेउपानेले ३८ मत प्राप्त गर्दै अध्यक्ष पदमा बिजयी भएका हुन्। उपाध्यक्षमा मच्छे देवी गुरुङ, महासचिवमा सुरज भण्डारी निर्वाचित भएका छन्।

यसपूर्व सचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा प्रभात भट्टराई, क्षेत्रिय सॅयोजकहरुमा शिव नेपाल (पश्चिम), लिला देवी ओझा (डिसी क्षेत्र),गोकुल श्रेष्ठ (उत्तर पूर्व) तथा सृजन पण्डित (दक्षिण) बाट निर्विरोध निर्वाचित भएका थिए। सदस्यहरुमा अनिल अधिकारी, बाबुराम दाहाल, सॅगम बानिया तथा ज्ञान प्र शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----