-नेपाल अमेरिका पत्रकार संघको सदस्यता नबिकरण र नयाँ आवेदन संबन्धि सूचना

नेपाल अमेरिका पत्रकार संघको सदस्यता नबिकरण र नयाँ आवेदन संबन्धि सूचना

Hollywood Khabar January 15,2020 Comments

अधिबेशनमा भाग लिन नेजाको सदस्यता नवीकरण तथा नयां सदस्यता लिने म्याद मार्च १५, २०२० सम्म रहेको छ।

विगत एक दशकदेखि उत्तर अमेरिका क्षेत्रमा रहेका नेपाली सञ्चारकर्मीहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ, नेजाको आगामी मे महिनाको २ र ३ मा न्यूयोर्कमा हुन गैरहेको सातौँ अधिवेशनमा हार्दिक स्वागत गर्दछौं ।

नेजाको विद्यमान विधान अनुसार अधिवेसनको एक महिना अगावै अर्थात् आगामी अप्रिल २, २०२० भित्र अधिबेशनमा सहभागी हुने सदस्यहरुको सुची बिधानत प्रकाशन गर्नु पर्ने भएको हुँदा मार्च १५, २०२० भित्र सदस्यताको नविकरण तथा नयाँ सदस्यता प्राप्त गरिसक्नु पर्ने भएको जानकारीसहित यो सूचना प्रकाशन गरिएको छ ।

तसर्थ नेजाको विधान अनुसार सदस्यता लिन एवं नविकरण गर्नको लागि सम्पूर्ण सदस्यहरुमा हार्दिक अनुरोध गरिन्छ । नेजाको विधान अनुसार अधिवेशनको एक महिना पहिले नै सदस्यता लिईसकेको,नवीकरण गरिसकेको र सदस्यता शुल्क तिरिसकेको सदस्यले मात्र आफ्नो मताधिकार प्रयोग गर्न,उम्मेदवार बन्न वा समर्थक, प्रस्तावक बस्न पाउनेछ ।

त्यसैले नयाँ सदस्यताको लागि मिडियामा प्रकाशित एवं प्रसारित दुई वटा समाचार सामाग्री तथा लेखसहित आफ्नो विवरण खुलाएर सदस्यता आवेदन गर्नुहुन अनुरोध छ । पत्रकारिता गरेको प्रमाण सदस्यताको लागि आवेदन गर्दा संगै संलग्न गरि पठाउन सकिने छ । फोटो र अनुभवको प्रमाण पेश गर्न समस्या भै आवेदन संलग्न गर्न समस्या भएमा सो प्रमाण संस्थाको इमेल (najausa@gmail.com) मा पठाउन सक्नु हुनेछ । फोटो बिना फाराम संलग्न गर्दा कुनै समस्या आउने छैन ।

नेजाको विधानमा सदस्यता सम्बन्धि रहेको प्राबधान यसै सुचनाको तल उल्लेख गरिएको छ । तपाईले नयाँ सदस्यता लिन तथा नविकरणको लागि संस्थाको वेभसाईट

http://www.neajausa.org/become-member/

मार्फत् पनि अनुरोध गर्न सक्नुहुनेछ । नेजाको सदस्यता शुल्क/नविकरण शुल्क : ५० डलर ( दुई वर्षका लागि )

नयाँ सदस्य : ७५ डलर ( दुई वर्षका लागि ) आजीवन सदस्यता शुल्क : ३०० डलर तपाईसँग सदस्यता सम्वन्धि अन्य जिज्ञासा भए हामीलाई ईमेल (najausa@gmail.com) गर्न सक्नुहुनेछ ।

सदस्यता नविकरणको लागि लिंक;

http://www.neajausa.org/associate-and-general-renewal-memb

नयाँ सदस्यताको लागि लिंक;

http://www.neajausa.org/associate-and-general-member-form/

यस लिंकमा फारम भरेर सबमिट गरेपश्चात पेपलको लिंक आउछ, सो मार्फत पेपल एकाउन्ट वा डेबिट वा क्रेडिट कार्डबाट सिधा पैसा तिर्न सकिने छ । बिधान बमोजिम योग्यता पुगेका व्यक्तिले आजीवन सदस्यताको लागि आवेदन दिने लिंक;

http://www.neajausa.org/life-members-form/

यस लिंकमा फारम भरेर सबमिट गरेपश्चात पेपलको लिंक आउछ, सो मार्फत पेपल एकाउन्ट वा डेबिट वा क्रेडिट कार्डबाट सिधा पैसा तिर्न सकिने छ । नेजाको विधानमा सदस्यता सम्बन्धि रहेको प्राबधान यस प्रकार छ । (www.neajausa.org/by-law-first-revision-2010/

४.१.१ साधारण सदस्य:- उत्तर अमेरिकामा छरिएर रहेका नेपाली मूलका पत्रकारहरु जसले नेपाली समुदायको वृहत्तर हितका लागि संघको नीति नियममा रहेर काम गर्न चाहना राख्नेहरु संस्थाको साधारण सदस्य हुन सक्नेछन्।

४.१.१.१ सदस्यताको लागि नेजाले तोकेको मापदण्डका आधारमा तोकिएको फर्म भरेर सदस्यता शुल्क बापत अमेरिकी डलर ७५ तिर्नु पर्नेछ।

४.१.१.२ साधारण सदस्यता दुई वर्षको लागि मान्य हुनेछ ।

४.१.१.३ नयाँसदस्यता लिनका लागि कम्तीमा एक वर्ष नेपालमा या अमेरिकामा सञ्चालित सञ्चार माध्यममा काम गरेको प्रमाण पेस गर्नु पर्नेछ ।

४.१.१.४ सदस्यता लिन इच्छुक पत्रकारले आफू पत्रकार भएको प्रमाण निवेदन साथ पेस गर्नु पर्नेछ, बिना प्रमाण पेस भएका निवेदनलाई सदस्यता प्रदान गरिने छैन ।

४.१.१.५ सम्बन्धित सदस्यले सदस्यता छानबीन समितिमा आफू पत्रकार भएको प्रमाण पेस गर्न नसके सदस्यता छानविन समितिले त्यस्तो निवेदन अस्वीकार गर्नेछ ।

४.१.१.६ सदस्यता नविकरण गर्नका लागि नेजाका उद्देश्य विपरीत गतिविधि गरेको वा आम सञ्चार माध्यमका नीति विपरीत काम गरेको वा प्रचलित कानुनको उलंघन गरेको हुनुहुन्न ।

४.१.१.७ नेजाले आफ्ना सदस्यहरूलाई अनुकूल भएसम्म सञ्चार गतिविधिहरूमा सहभागिता जनाउन प्रोत्साहित गर्ने र सदस्यहरूको सञ्चार गतिविधिसँग सम्बंधित कार्यहरूको अभिलेख राख्न पहल गर्नेछ ।

४.१.१.८ अमेरिकामा व्यावसायिक नेपाली पत्रकारिताको विकाश नभएको अवस्थामा नेपालबाट वा अमेरिकामा रहेका संचारमाध्यामको सिफारिसको आधारमा मात्र सदस्यता प्रदान गरिने छैन तर सम्बंधित व्यक्तिले पत्रकारिता गरेको प्रमाण प्रस्तुत गर्न सकेको वा पत्रकारिता गरेको सामाजिक पहिचानका आधारमा पनि सम्बन्धित सदस्यता प्रदान गर्न सक्नेछ ।

४.१.१.९ साधारण सभाले सदस्यता शुल्क र मापदण्डको प्रक्रियामा भने परिवर्तन गर्न सक्नेछ ।

४.१.१.१० साधारणसभा वा अधिवेशनमा भाग लिनको लागि सभाको एक महिना अगावै नवीकरण शुल्क बापतको ५० डलर तिरी गरी ।

४.१.१.११ साधारण सभा हुनुभन्दा एक महिना अगाडि नवीकरण नगरे वा नयाँ सदस्यता प्राप्त नगरेको तर सभा भन्दा अगावै सदस्यता प्राप्त गरेको व्यक्तिले पर्यबेक्षकको रूपमा भाग लिन सक्नेछ ।

४.१.२ आजीवन सदस्य:- साधारण सदस्य प्राप्त सदस्यले आजीवन सदस्यता लिन चाहेमा एक पटक ३०० डलर तिरेर आजीवन सदस्यता लिन सक्नेछन् ।

४.१.२.१ आजीवन सदस्यहरूबाट संकलित कोषको रकम दैनिक कार्यसञ्चालनको लागि खर्च गरिने छैन तर दीर्घकालीन कोषको लागि उपयोग गर्न सकिनेछ

४.१.२.२ आजीवन सदस्यता प्राप्तिको लागि नेपालमा या अमेरिकामा कम्तीमा पन्ध्र वर्ष पत्रकारिता गरेको अनुभवको प्रमाण पेस गर्नुपर्नेछ ।

४.१.२.३ पन्ध्र वर्ष पत्रकारिता नगरेका व्यक्तिको आजीवन सदस्यता स्वीकार गरिने छैंन् ।

धन्यवाद

सुरज भण्डारी

सचिव

नेपाल अमेरिका पत्रकार संघ (नेजा)