-अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड

नेकपामा आचार संहिता जारी तँ भन्न नपाइने महिनै पिच्छे वनभोज !

Hollywood Khabar January 19,2020 Comments

६ माघ, काठमाडौं।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ११ बुँदे आचार संहिता जारी गरेको छ।अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित  आचार संहितामा  सबैसंग मर्यादित, सरल र मिठासपूर्ण भाषा प्रयोग गरि कसैलाई पनि तँ   भन्न नपाइने उल्लेख छ।नेकपाले महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनबीच वनभोज वा सहभोज गर्नुपर्ने ,मद्यपान, धुमपान वा छाडा व्यवहार गर्न प्रतिबन्ध लगाउनुपर्ने ,मनोरञ्जनका निम्ति शुभकामना आदानप्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्नुपर्ने पनि नियम बनाएको छ।

तेस्तै नेकपाले महिला हिंसा वा छुवाछुतपूर्ण व्यवहार गरेको प्रमाणित भएमा पार्टीबाट निस्कासन गर्ने र जनप्रतिनिधिमुलक निकायमा उम्मेदवार बन्न बन्देज लगाउने बताएको छ ।अध्यक्षद्धयले पार्टीले जारी गरेको आचार संहिता पालना नगर्ने र पटकपटक सचेत गराउँदा पनि नसुध्रिने सदस्यलाई कानूनसँग सवालमा कानून बमोजिम र पार्टी अनुशासनसँग सम्बन्धित विषयमा पार्टी विधान, नियमावली र निर्णय अनुसार कारबाही गरिने  सर्कुलरमा उल्लेख गरेका छन् ।