Hollywoodkhabar advertisement

नेकपाका सांसदहरुको दशैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने संसदीय दलको निर्णय

-नेकपाका सांसदहरुको दशैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने संसदीय दलको निर्णय
0
shares

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकले सो पार्टीका सांसदहरुको सरकारबाट उपलब्ध दशैँ खर्चभत्ता रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

अक्टुवर १९, २०२० सोमबार पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको जनाइएको छ। कोरोना महामारीका कारण नागरिक चरम पीडामा रहेका बेला जनप्रतिनिधिले दसैं भत्ता लिनु बैठीक भएको भन्दै सत्तारूढ नेकपाका सांसदले पनि दसैं खर्चबापतको रकम कोरोना नियन्त्रणमा लगाउने निर्णय गरेका हुन्। यस पूर्व नेपाली काँग्रेसका गगन थापा लगायतले निर्णय गरिसकेका छन्।