-नेकपा केन्द्रिय कमिटीको तेश्रो पूर्ण बैठक मङ्सिर १५ सम्म स्थगित

नेकपा केन्द्रिय कमिटीको तेश्रो पूर्ण बैठक मङ्सिर १५ सम्म स्थगित

Hollywood Khabar October 27,2020 Comments

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको तेश्रो पूर्ण बैठक कार्तिक १५ बाट मङ्सिर १५ गत्ते सम्म स्थगित गरिएको बताइएको छ।

नेपालको सत्तारुढ दल नेकपाको केन्द्रीय कमिटी बैठक मङ्सिर १५-१७, २०७७ मा बस्ने भएको छ। सो संबन्धि केन्द्रिय सर्कुलर केन्द्रीय सदस्यहरूलाई पठाइएको बताइएको छ। तोकिएको समय कोभिड-१९ महामारीका कारण स्थगित गरिएको सो बैठक बैठक मङ्सिर १५-१७ हुने जानकारी सर्कुलरमा गराइएको छ।

यो बैठकले पार्टीको महाधिवेशन संबन्धि निर्णय गर्ने भएकोले बैठकलाइ महत्वका साथि हेरिएको छ। स्मरणीय कुरा यो पार्टी एकीकरण गरिएको घोषणा गरेर तीन बर्ष बिति सक्दा पनि पूर्ण रुपमा एकीकरण भएको छैन न महाधिवेशन नै गर्न सकेको छ।

अहिले सम्म संसारमा कति पनि नभएको दुइ अध्यक्ष रहने व्यवस्थाले दुनियाँलाइ अलमल पारेको नेकपाले आफ्ना पार्टी संरचनालाइ पनि झुक्क्याएको छ। दुइ अध्यक्षले माने जे पनि हुने र उनीहरुले नमाने केहि पनि नहुने चलन हेर्दा यो पार्टी भन्दा पनि दुइ व्यक्ति प्रमुख रहेको कम्पनि जस्तो भएको छ।