-राजेन्द्र राई नेकपा एस प्रदेश १ को संसदीय दलनेता चयन

राजेन्द्र राई नेकपा एस प्रदेश १ को संसदीय दलनेता चयन

Hollywood Khabar September 12,2021 Comments

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (एस) को प्रदेश १ को संसदीय दल नेतामा राजेन्द्र कुमार राई चयन भएका छन्। नेकपा एसले पार्टीको सो क्षेत्रको अन्य कामका साथै प्रदेश संसदीय काम-कारबाहीमा उनको योगदान उच्च रहने अकेक्षा गरको जनाएको छ। राइ नेकपा एमालेका पूर्व केन्द्रिय नेता र अखिलका पूर्व केन्द्रिय अध्यक्ष र राजनैतिक क्षेत्रमा एक विश्लेषक/लेखक पनि हुन्।

नेकपा एस पार्टीको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो। एमालेबाट विभाजन भएर बनेको एस पार्टीलाई निर्वाचन आयोगले रोजेको पार्टीमा जाने मध्ये १० प्रदेश सभा सदस्यलाई मान्यता दिएसँगै राई सो पार्टीको दल नेता हुन पाएका हुन्। अब राइ प्रदेश १ को मुख्यमन्त्रीको दावेदार मध्ये एक भएका छन्।