-बेलायतमा नेकपा एकीकृत समाजवादीको राष्ट्रिय संगठन कार्यसमिति गठन

बेलायतमा नेकपा एकीकृत समाजवादीको राष्ट्रिय संगठन कार्यसमिति गठन

Hollywood Khabar September 21,2021 Comments

बेलायतमा नेकपा एमाले विभाजन भई माधव कुमार नेपालको अध्यक्षतामा गठन भएको नेकपा एकीकृत समाजवादीको राष्ट्रिय संगठन कार्यसमिति गठन गरिएको छ ।

आइतबार अल्डरसटमा सम्पन्न एक भेलाले नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ जसको अध्यक्षमा व्यावसायी कृष्ण तिवारीको नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। प्रवासी नेपाली मञ्च यूकेका उपाध्यक्ष उमेशराज मोक्तानको अध्यक्षतामा संघका पदाधिकारीहरु र सदस्यको सहभागितामा सम्पन्न बैठकले यसअघि गठन गरिएको प्रवासी नेपाली मञ्चको समानान्तर कमिटि विघटन गरि नेकपा एकीकृत समाजवादी यूके गठन गरेको हो ।

१७ सदस्यीय रहेको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमेशराज मोक्तान, उपाध्यक्ष सुशिला राई, महासचिव अर्जुन खतिवडा, कोषाध्यक्ष पुरुषोत्तम शर्मा र सदस्यहरुमा एस.के गुरुङ, प्रकाश न्यौपाने, दिपक तामाङ, आयुष गुरुङ, नवीन राई, घनश्याम लामा, इन्दिरा बस्याल, मेनुका थापा, शुशी गुरुङ, दिपेन्द्र अधिकारी, अभिषेक कटुवाल, नोर्वु शेर्पा रहेका छन्।

त्यस्तै सल्लाहाकारमा प्रवासी नेपाली मञ्चका निवर्तमान वरिष्ठ उपाध्यक्ष रामजी बराल चयन भएका छन् । बाँकी पदाधिकारीहरु भने पछि मनोनयन गरिने भएको छ। नवगठित कमिटीका पदाधिकारीहरुलाई प्रमुख अतिथी नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुख श्रीप्रसाद शाहले पार्टीको विधान अनुसार भर्चुअल शपथ ग्रहण गराउँदै बधाईसहित शुभकामना दिएका थिए।

उनले कमिटीलाई बधाइ दिंदै पार्टीको विधि विधान, पद्धति र मान्यतालाई साथ दिंदै मन, वचन र कर्मले राष्ट्र, जनता र पार्टीप्रति बफादार हुन पनि आग्रह गरे ।भर्चुअल उपस्थित भएका विशेष अतिथी युरोप सचिव शुभाष पोखरेल र प्रत्यक्ष उपस्थित अतिथी प्रदेश नम्बर १ सदस्य तथा अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य सुष्मा राईले पनि निर्वाचत सबैलाई बधाई तथा शुभकामना दिएका थिए ।

अध्यक्षमा निर्वाचित भइसकेपछि तिवारीले लन्डन नेपाल न्युज सँग बोल्दै प्रवासी नेपाली एकता मञ्च बेलायतमा जोडिएका सम्पूर्ण सहयोद्धाहरुको सल्लाह, सुझाव र सामुहिक स्वार्थको योजना अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गत भदौ १ गते सरकारले ल्याएको अध्यादेशको आधारमा २ भदौमा नेकपा एकीकृत समाजवादी दर्ता गर्न माधव कुुमार नेपाल नेतृत्वमा तत्कालिन नेकपा एमालेको नेपाल समूहले निर्वाचन आयोगमा निवेदन दिएको थियो।९ भदौमा निर्वाचन आयोगले नेकपा एसको रुपमा दल दर्ताको प्रमाणपत्र दिएको थियो । हाल उक्त दलले देश विदेशमा संगठन निर्माणको अभियान सञ्चालन गरिरहेको छ ।