-NRNA NCC USA:सान फ्रानसिस्कोमा उम्मेदवारहरुको प्रस्तुति र डिबेट

NRNA NCC USA:सान फ्रानसिस्कोमा उम्मेदवारहरुको प्रस्तुति र डिबेट २० अप्रिलमा

Hollywood Khabar April 07,2019 Comments

कृष्ण के सी/सान फ्रान्सिस्को/४/८/१९

समुदाय र सञ्चारकर्मीहरूको सहभागितामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०१९ निर्वाचनका उम्मेदवारहरुको प्रस्तुति तथा अध्यक्षका उम्मेदवारहरुसँग डिबेट कार्यक्रम २० अप्रिलमा आयोजना गरिएको छ।

अमेरिकामा रहेर नेपाली पत्रकारितासंग संलग्न संचारकर्मी, पत्रकार तथा अनलाइन मिडियाहरुको सपोर्ट र सहभागितामा एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन २०१९ का उम्मेदवारहरुको लागि यो कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रम Golden Peacock Banquet Hall, 24989 Santa Clara Street, Hayward, CA 94544 मा हुनेछ। कार्यक्रम ठिक ५ बजे सुरु गरिनेछ। उम्मेदवारहरुको कार्यक्रममा रजिष्ट्रेशन ४:०० बजे देखि ४:५० बजे सम्म मात्र राखिएको छ। एडभान्समा रजिष्ट्रेशन गर्न चाहने उम्मेदवारहरुले फोन गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फोन # ५१०-२०६-१९२०

एनसीसी अमेरिकाका केन्द्रिय र च्याप्टर सबै उम्मेदवारहरुलाई उपस्थित हुनको लागि हार्दिक निमन्त्रणा गरिएको छ। सान फ्रान्सिस्क बे एरियाका सम्पूर्ण संघ-संस्था, समुदाय, व्यक्तिहरुलाइ हार्दिक निमन्त्रणा गरिएको छ।

सम्पुर्ण संचारकर्मी, पत्रकार र मिडिया संचलाक सबैलाई उपस्थित भैदिएर संचार, प्रचार र सपोर्टको लागि समेत अनुरोध गरिएको छ।

हाल सम्म अध्यक्षका उम्मेदवारहरु सुनिल शाह, संजय थापा, सुर्य लम्सालले कन्फर्म गरिसक्नुभयो भने डा अर्जुन बन्जाडेले अन्य कमिटमेन्ट परेकोले बुधबार सम्म कन्फर्म गर्ने बताउनु भएको छ। त्यसैगरी सबैजसो बरिष्ठ उपाध्यक्ष र उपाध्यक्षका उम्मेदवार, महासचिवक उम्मेदवार दुवैजनाले कन्फर्म गर्नुभएको छ। अन्य पदका थुप्रै आकांक्षीहरु समेत उपस्थित हुनु हुनेछ।

कार्यक्रममा रजिष्ट्रेशन गरेका सबै उम्मेदवारहरुलाई समय प्रदान गरिने हुनाले आफ्नो तयारी गरेर उपस्थित भैदिनको लागि समेत अनुरोध गरिन्छ।

अन्तमा जानकारीको लागि:

कार्यक्रमको लागि उम्मेदवारहरुले आफ्नो फ्लाइट टिकेट सान फ्रान्सिस्को इन्टरनेश्नल, सान होजे इन्टरनेश्नल या ओकल्याण्ड इन्टरनेश्नल मध्ये कुनै एक एयरपोर्टमा बुक गर्न सक्नुहुनेछ। धेरैले चाहिँ सान फ्रान्सिस्को इन्टरनेश्नलको लागि छान्दछन।

कार्यक्रम: साँझ ५ बजेबाट सुरु हुनेछ। पिउने पानीको ब्यबस्था निशुल्क रुपमा उपलब्द गराइएको छ। पार्किङको कुनै समस्या छैन, निशुल्क उपलब्ध छ। ६८०, ९२, ८८० र ५८० सबै फ्रिवे र हाइवेबाट पाएक पर्ने ठाउँमा कार्यक्रमको आयोजना गरिएको छ।

सम्पर्कको लागि ; कृष्ण के सी- 510-206-1920

नियमित अपडेट हेर्नको लागि हलिउडखबरको तलको लाइक पेज लिंक खोलेर लाइक गर्नुहोला

https://www.facebook.com/krishnakc2017/

 

संबन्धित थप समाचार हेर्नको लागि:

NRNA NCC USA: उम्मेदवारहरुको प्रस्तुति, अन्तरकृया र डिबेट

https://hollywoodkhabar.com/nrnanccusa-debatesfo-hk20ap

 

NRNA NCC USA: उम्मेदवारहरुको प्रस्तुति, अन्तरकृया र डिबेट, अप्रिल २०, सान फ्रानसिस्को

https://hollywoodkhabar.com/debate-nrnausa-ap20sfo