Hollywoodkhabar advertisement

कोभिड १९, अक्टुवर १८: अमेरिकामा २ लाख १९ हजार, नेपालमा प्रति घण्टा एकजनाको मृत्यू

-कोभिड १९, अक्टुवर १८: अमेरिकामा २ लाख १९ हजार, नेपालमा प्रति घण्टा एकजनाको मृत्यू
0
shares

हलिउडखबर, अमेरिका/१०/१८/२०

अक्टुवर १८, २०२० PST बिहान ७:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या २ लाख १९ हजार ३ सय ११ पुगेको छ। त्यसैगरी हाल सम्म कोभिड १९ को संक्रमित संख्या ८१ लाख ८ हजार ६ सय ७९ जना पुगेका छन्।

नेपालमा हाल सम्म ७३९ जनाको कोरोनाको कारण मृत्यू भएको जनाइएको छ। पछिल्लो २४ घण्टामा नेपालमा २४ जनाको मृत्यू भएको छ। नेपालमा संक्रमति संख्या १ लाख ३२ हजार २ सय ४६ जना पुगेका छन्।

यहि समयमा विश्वभरिमा कोभिड १९ संक्रमित संख्या ३ करोड ९७ लाख ५१ हजार ९ सय पुगेको छ। त्यसैगरी मृत्यू हुनेहरुको संख्या ११ लाख १० हजार ९ सय ५५ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।