प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय

नेपालको प्रशासन कुन प्रधानमन्त्रीको पालामा राम्रो थियो, विभिन्न व्यक्तिहरुको धारणा सहित

Hollywood Khabar September 30,2018 Comments

कृष्ण के सी/अमेरिका
यो पंक्ति लेख्नु पहिला केहि व्यक्तिहरुलाई सोधे, नेपालको प्रशासन कहिले राम्रो थियो ? केहिबाट जवाफ आयो, कतिपयसंग सम्पर्क हुन सकेन। जे जस्तो जवाफ आए सिनियर-जुनियर नगरी प्राप्त भएका जवाफ/धारणाका आधारमा क्रमश: जस्ताको तेस्तै राखेको छु। यो एउटा सुरुवात हो, भोली प्रश्नावली बनाएर इतिहास देखि वर्तमान सम्म सबै प्रधानमन्त्रीको मुल्यांकन कुनै मिडिया या कम्पनिले थालनी गरोस त्यो मेरो मनसाय हो।

नेपाल प्रहरीका एकजना पूर्व अफिसरले भन्नुभयो- सबै भन्दा राम्रो प्रशासन त मरिचमान श्रेष्ठको पालामा थियो। हुन त मैले सुरक्षामा रहंदा धेरैजना प्रधानमन्त्रीहरुको सुरक्षाको लागि काम गरे। मरिचमान श्रेष्ठ देखि गिरिजा प्रसाद कोइराला सम्म। तर ति सबै भन्दा मरिचमान श्रेष्ठ नै उत्तम लागेको हो मलाइ त। त्यो बेला भ्रष्टाचार, भनसुन एकदमै कम चल्ने अनि राष्ट्रियता ठूलो थियो, ऐले तेस्तो छैन।

नेपाली कांगेसकी पूर्वनेत्री तथा कुनै समय बिधार्थी राजनीतिमा पद्मकन्या क्याम्पसकी चर्चीत नेत्री पियुस दाहाललाइ सबै भन्दा राम्रो प्रशासन कृष्ण प्रसाद भट्टराईको पहिलो कार्यकाल अर्थात अन्तरिम सरकारको पालामा लागेको थियो। अनि दाहाललाइ मनमोहन अधिकारीको पालाको प्रशासन सुन्दर लागेको हो।

न्यूयोर्क बस्ने एकजना व्यक्ति गत महिना अमेरिका देखि नेपालमा आफ्नो घरायसी काम मिलाउन गए। सरकारी कार्यालयमा सामान्य काम थियो। आफूसंग आवश्यक सबै कागजात र प्रमाण तयार थिए। हप्ता बितिसक्दा पनि काम भएन। पहिला त उनले प्रकृया नै बुझेनन, दोश्रो कर्मचारीले काम नै गर्दैनन, के गर्ने भनेर सोद्धा त्यो पनि भन्दैनन। उनले भने सबै भन्दा राम्रो त बरु पंचायतकालमा नै थियो। अनि मैले भोगेकै कारण सबै भन्दा खराव चाहिँ के पी ओलीको पालाको प्रशासन हो।

अध्यापन पेशामा जीवनको लामो समय खर्चेका सुरेश भट्ट हाल अमेरिकामा हुनुहुन्छ। भट्ट नेपाली काँग्रेसको राजनीतिबाट सकृय व्यक्ति पनि हुनुहुन्छ। भट्टलाइ राजनैतिक, आर्थिक, सामाजिक बिकास र अन्तराष्ट्रिय संबन्धको कारणले हेर्दा बि पी कोइरालाको प्रशाशन राम्रो लाकेको हो। गिरिजा प्रसाद कोइरालाको योगदान बेग्लै छ, त्यसलाई राजनीतिमा गनिएला तर नेपाली जनताले प्रशाशन चाँहि डा के आइ सिंहको जस्तो मन पराउँदा रहेछन। आफू नेपाली काँग्रेसको हिमायती भएता पनि मुल्यांकन गर्दा भन्न नै पर्छ, मन मोहन अधिकारीको प्रशासनलाइ म निश्कलंकको रुपमा लिन्छु। पंचायतको समयलाइ हेर्दा भने सुर्य बहादुर थापालाई धेरैले राम्रो प्रशाशकको रुपमा लिन्छन।

अर्का एकजना बयोबृद्ध घुम्नको लागि अमेरिका आउनुभएको छ। बुज्रुकले एकै शासमा भन्नुभयो- प्रशासन त ज्ञानेन्द्रको पालामा राम्रो। जनताले दुख नै नपाउने, काम कतै पनि नरोकिने फटाफट हुन्थ्यो। अलिकति कहानी सुनाउँदै उहाँले भन्नुभयो- सेनाले पहरा दिन्थे, क्यूमा रहेका सबैको पालोमा काम फटा-फट हुन्थ्यो। घुषखोरहरु थुरुथुरु काप्दै धुरुधुरु रुन्थे अनि लुरुलुरु काम गर्थे।

अमेरिकामा बसेर सामाजिक संजाल र समाचारमा सधै बलात्कारको घटना पढेकी/हेरिकी एक साधारण महिलाले भन्नुभयो-संसारमा नेपाल भन्दा धेरै बलात्कार हुने दश अरु कुनै छैन होला। दैनिक आधादर्जन भन्दा धेरै यस्ता घटना भैसके। यो त अति भयो, कसैलाई कारबाही गरिन्न। राम्रा त को को थिए म राजनीति जान्दिन तर सबैभन्दा नराम्रो चाहि ऐलेको ओली कि कुनी के जातिको बेलामा लागेको छ।

हाल अमेरिकामा बस्दै आएका तर नेपालमा हुँदा राजनीतिमा कृयाशिल भएका एक पाका उमेरका व्यक्ति भन्नुहुन्छ- जसले जे सुकै भनोस, नेपालको प्रशासन सबैभन्दा चुस्त र नागरिकको काम छिटो र सजिलोसँग हुने भनेको ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएको पालामा थियो। अनि सबैभन्दा निकम्मा र पापी प्रशासन चाहिँ के पी ओलीको पालामा छ।

नेपाल बिधार्थी संघको पूर्व महामन्त्री तथा हाल पनि नेपाली कांग्रेसको अमेरिकाको गतिबिधिमा नजिक रहेका डा यादब पण्डित ज्ञानको हिसाबले एक बैज्ञानिक र नासा हुँदै हाल अध्यापन पेशामा समेत रहनुभएको छ। डा पण्डितलाइ नेपालका प्रधानमन्त्रीहरुको प्रशाशनलाइ आफूले जानेको मात्र कार्यकाल हेर्दा २०४८ देखि २०५१ सम्मको गिरिजा प्रसाद कोइरालाको प्रशासहं राम्रो लागेको हो। त्यो कार्यकाल प्राधानमन्त्रीले आफै प्रशासन चलाएको अवस्था थियो। देशको अर्थतन्त्र लगायत थुप्रै राम्रा काम भएका थिए। हुन त कृष्ण प्रसाद भट्टराईको पहिलो कार्यकाल पनि संझन योग्य थियो।