Hollywoodkhabar advertisement

स्वास्थ्य मन्त्रालयको निर्णय: नेपालका अस्पतालहरुमा कोरोनाको उपचारखर्च आफैं तिर्नुपर्ने

-स्वास्थ्य मन्त्रालयको निर्णय: नेपालका अस्पतालहरुमा कोरोनाको उपचारखर्च आफैं तिर्नुपर्ने
0
shares

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालहरुमा कोरोनाका बिरामीहरुले उपचारखर्च आफैं तिर्नुपर्ने भएको छ।

सिभिल अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल र स्थानीय स्तरमा पनि सोहि अनुसार हुनेछ। हरेक अस्पतालहरुले कार्यान्वयन मिति भने फरक दिएका छन।

मन्त्रालयले प्रेस मिट गरे आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका, एकल महिला, अपाङ्ग, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै लक्षण देखिएको खण्डमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने कुरा बताइयएको थियो।