-नेपाल सरकारले कोभिड १९ ब्यबस्थापनमा ८/९ महिना सम्म पनि केहि पनि गरेनछ

नेपाल सरकारले कोभिड १९ ब्यबस्थापनमा ८/९ महिना सम्म पनि केहि पनि गरेनछ

Hollywood Khabar October 12,2020 Comments

नेपालका अस्पतालहरुमा कोभिड १९ ब्यबस्थापनका लाइ आवश्यक भेण्टिलेर लगायतका सामानहरु रहेनछन।

आम नागरिकले प्रयोग गर्ने मास्क र सानिटाइजर पनि ब्यापारीहरुले आयात गरेका हुन्। अस्पतालहरुमा कोभिड १९ का बिरामी उपचार गर्न यो ८/९ महिनामा पनि कुनै ब्यबस्थापन गरिएनछ। केवल लक डाउन भनेर मात्र बसेछन तर अरु केहि गरेनन।

आफ्नो यो कमजोरी लुकाउनको लागि फेरी कडाखाले लक डाउनको कुरा उठेको छ। लक डाउनको मात्र कारण कोरोना नियन्त्रणमा जाँदैन भन्ने कुरा विश्वका अरु मुलुकले प्रमाणित गरिसके। लकडाउन त केवल आवश्यक तयारी र आपुर्ती ब्यबस्थापनि गर्ने बेलासम्मको लागि हो। केवल केहि फेसिलिटी बाहेक अन्य सेवाहरु सुरक्षित किसिमले सुचारु हुनुपर्छ तर त्यसो हुन सरकारले पनि आवश्यक तयारी गर्नुपर्छ।

अन्तत आएर आकासींदै गएको कोरोनाको महामारीले नेपालमा उत्पात ल्याउएने स्पष्टै नै देखिएको छ। अझै पनि नेपाल सरकार अस्पतालमा आइसीयू र भेन्टिलेटरको उचित ब्यबस्थापनमा भन्दा लक डाउनमा नै खुशी देखिएको छ। नेपालमा दैनिक ४ हजार भन्दा धेरै संक्रिमित संख्या बढ्न थालेका छन्।