-नेपाल इन्भेट्मेण्ट बैंकमा ग्राहक सेवा तुच्छ, एउटा खाता खोल्न दुइ दिन लाग्छ

नेपाल इन्भेट्मेण्ट बैंकमा ग्राहक सेवा तुच्छ, एउटा खाता खोल्न दुइ दिन लाग्छ

Hollywood Khabar October 21,2019 Comments

कृष्ण के सी/काठमाण्डौ/१०/२२/१९

हे भगवान; यो नेपाल इन्भेट्मेण्ट बैंकमा सेवा लिन नयाँ र पुराना ग्राहकले फर्केर आउन नपरोस।

यहाँ समयको बर्बादी, चिप कस्टम्वर सर्भिस, अनावश्यक झन्झट, ४/५ टेलर हुँदा पनि भिड देखाउन एउटा मात्र काउण्टर खोल्ने गरिदो रहेछ। ब्यबस्थापनका थुप्रै नीति पुरानो भएका कारण यो बैंक होइन नेपालको ल्याप्चे गर्ने अखडा जस्तो अनुभव हुने रहेछ।

खाता खोल्ने फर्म २ वर्ष भन्दा पुरानो रहेछ। जसको सूचना भर्ने फर्म नेपाल सरकारको स्थानिय तह परिवर्तन भैसक्यो तर पनि फर्म पुरानो नै रहेछ।

खाता खोल्ने फर्ममा अनावश्यक र अति झन्झटिला प्राबधान राखिएका छन्। मालपोतबाट घरका कित्ता काट गर्ने जस्ता नक्सा बनाउनु पर्ने चलन त हाँसो उठ्दो तरिका नै रहेछ। यदि पढ्न लेख्न आउँदैन भने त खाता नै नाखुलें रहेछ ? धन्न काउण्टरका कर्मचारी, त्यसमा पनि जवानहरुले चाहिँ अलि-हेल्प गर्दा रहेछन।

खातामा अन्य व्यक्तिको खाताको जानकरी राख्नु पर्ने प्रवधान रहेछ। यो बिल्कुलै नेपालको कानुनको बिरुद्धमा छ। कसैको व्यक्तिगत खाताको जानकारी दोश्रो व्यक्तिलाइ किन दिनुपर्ने ? अन्यथा खाता खोन नसकिने/नमिल्ने रहेछ।

डिजिटल जमाना छ। फिंगर फ्रिण्ट चाहिँ डिजिटल हुँदो रहेछ तर फर्ममा प्रिण्ट फोटो टाँस्नु पर्नेले बाध्यताले गर्दा एउटा खाता खोल्न कम्तिमा एक या दुइ दिन लादो रहेछ।फोटो आइडी भएको नेपाल सरकारले दिएको पासपोर्ट या नागरिकता भएपछि अर्को फोटो फर्ममा किन चाहिने ?

बैंकमा खाता खोल्नु अपराध होइन। तर सूचनामा कुनै अपराधि र भ्रष्टाचारीलाइ कर्ने जस्ता छानविनका प्राबधान रहेछन। कतिपय सूचना खाता खोल्ने आफैंलाई थाहा हुन् सक्छन तर पनि जवाफ दिनु पर्ने। घरको ताला, घरको रङ, चौकोस र चौकोट किन आवश्यक्त पर्ने ? यसको प्रयोग कहाँ र किने चाहिने ?

नीति र बिधि यस्ता झन्झटिला छन् कि कर्मचारी र ग्राहक दुवैलाइ दिक्का बनाउने रहेछन। ग्राहक त दिक्क हुने नै भए। ग्राहकको बेखुशी देखेर कर्मचारी आफैंमा पनि खुशी थिएनन्।

ग्राहक सेवामा भन्दा भिड बढाएर आफ्नो व्यवसायिकता देखाउने पुरानो टोकन बाढ्ने तरिका जस्तै रहेछ। चार/पाँच टेलर छन् तर एक या दुइ मात्र खोलिँदो रहेछ।

म्यानेजर या सुपरभाइजर आफैंलाइ कतिपय कुरा कन्फूजन रहेछ। उनीहरुले दिएको सल्लाह र निर्णयले ग्राहकले झन् दु:ख पाउने रहेछन। यो पंक्तिकार आफैमा पनि एउटा दुखिया हो। आफू ब्रान्च मेनेजर भेटेर कुरा राख्न चाहन्थे तर फ्रण्ट डेस्कमा टेबल खाली थियो, कसैले कस्टम्बर सेवाको स्थान नै दिएनन्।

एउटा खाता खोल्न दुइ दिन लाग्ने बैंकको ब्यबस्थापन कस्तो होला ? सायद यो बैंक कस्टम्वरलाइ भन्दा लोन दिएर कमिशन खाने अखडा बन्दै त गएको छैन ? यहाँ असन्तुष्टि र दिक्क धेरै र खुशी र सन्तुष्टि कम पाउने रहेछ। जवानामा मरो भिजानु शिक्षक हुँदा तलब लिन बिहान ९ बजे लिएको नेपाल बैंक गाबहालको टोकन दिनको ३ बजे मात्र पालो पाएको मैले देखिको छु। त्यसपछि मैले कहिल्यै पनि नेपाल बैंक मन पराइन। नेपाल बैंक भन्ने बितिक्कै दिन खाने अड्डा संझन्छु म।

यो पटक नेपाल इन्भेट्मेण्ट बैंकमा मेरो अनुभव हो ठिक त्यस्तै हुन गयो। मसँग प्रमाण छ यो कुनै आरोप होइन। त्यसैले भन्दैछु, हे भगवान यो नेपाल इन्भेट्मेण्ट बैंकमा फर्केर आउन नपरोस। अनि अरु सबैलाई यो इन्भेट्मेण्ट बैंकमा भन्दा अन्य जहाँ कस्टम्वर सेवा राम्रो छ त्यहाँ मात्र प्रयास गर्न सुझाव गर्दछु। ब्याज दर र ब्राण्ड मात्र ठूलो कुरा होइन ग्राहक सेवामा दिने खुशी र मुस्कानले धेरै फरक पार्दछ। म आफू पनि कर्पोरेटको कर्मचारी भएकोले ग्राहक सेवालाइ जान्दछु।