-नेकपा एमाले विभाजन, नेपाल-खनाल पक्षले नयाँ लोकतान्त्रिक कम्युनिष्ट पार्टी खोल्ने

नेकपा एमाले विभाजन, नेपाल-खनाल पक्षले नयाँ लोकतान्त्रिक कम्युनिष्ट पार्टी खोल्ने

Hollywood Khabar May 24,2021 Comments

३ बर्ष पहिला नेपाल कम्युनिष्ट पार्टीको नाममा २ तिहाइको सरकारको नेतृत्व गरेका केपी शर्मा ओली अहिले अल्पमतबाट पनि दिन कन्दै सरकारको नेतृत्व गर्दैछन।

मे २४, २०२१ सोमबार नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सहितले कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको आरोपमा उनि सहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिएको छ। नागरिक न्यूजका अनुसार अब एमाले विभाजन भएको छ र यसका नेताहरुले केही दिनमै नयाँ पार्टी गठन हुने बताएका छन्।

नेपाल पक्षका केहि नेताले नयाँ पार्टी लोकतान्त्रिक मात्र हुने, कम्युनिष्ट पार्टी मात्र हुने या लोकतान्त्रिक कम्युनिष्ट पार्टीहुने भन्ने निर्क्योल निकाली सकेको बताएका छन्। अब छिट्टै नेपालहरुको नयाँ पार्टी सार्वजनिक हुने भएको छ।