-एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल

ओलीजीले प्रधानमन्त्री बन्ने प्रयास नगरेकै ठीक, नयाँ सरकारले राम्रा काम गरोस

Hollywood Khabar July 30,2021 Comments

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फेरि पनि प्रधानमन्त्री बन्ने प्रयास नगरेकै ठिक्क र प्रयास पनि नगर्न चेतावनी दिएका छन्।

अखिल फोर्सले जुलाई ३१, २०२१ शनिबार काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै नेता नेपालले भने, बल्ल संविधानको संरक्षण भएको छ, प्रतिनिधिसभा विघटन गर्ने अनि बिधिलाइ बाइपास गरेर प्रधानमन्त्री बन्ने प्रयास अब कसैले पनि नगरोस्। अध्यक्ष ओलीजीले फेरि फर्केर प्रधानमन्त्री बन्न जालझेल र षडयन्त्र नगरुन। अब जे हुनेछ पारदर्शी ढंगले हुनेछ, संविधानको सही ब्याख्या भएको छ। सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौं। उनले नयाँ सरकारलाइ राम्रो काम गरेर देखाउन पनि आग्रह गरे।