-Byasacharya, Bhuwan Guru

पर्यटन बिकासमा नेपाली संस्कार-संस्कृति र सभ्यताको महत्त्वपूर्ण भुमिका रहन्छ

Hollywood Khabar December 09,2019 Comments

ब्यासाचार्य भुवन गुरु/१२/९/१९

कुनै पनि देशको पर्यटन क्षेत्रको विकास केबल भौतिक पुर्वाधारले मात्रै हुँदैन। त्यस देशको संस्कार-संस्कृति र सभ्यताको पनि निकै महत्त्वपूर्ण भुमिका रहन्छ। जसको कारणबाट पर्यटन प्रबर्द्धनलाई चरम बिन्दुमा पुर्याउन सकिन्छ। हाम्रो देश नेपालको सबैभन्दा बलियो पक्ष भनेकै पौराणिक संस्कृति हो। देशको कला, रहन-सहन, आतिथ्यत सत्कार, व्यवहार, सिस्टाचार जस्ता सदाचार पनि पर्यटन प्रबर्द्धनका अचुक सुत्रहरु हुन।

नेपाल पौराणिक आस्थाको केन्द्रबिन्दु पनि भएकाले धार्मिक, आध्यात्मिक, सामाजिक र सास्कृतिक पक्षहरुलाइ विशेष जोड दिन सक्नुपर्दछ। जसका लागि नेपाली मन, नेपाली पन र नेपाली जनको प्रतिनिधित्व हुने खालका विचार, सुझाव र सिद्धान्तको अनुशरण गर्न आवस्यकता हुन्छ।

विश्वका अन्य राष्ट्रहरुबाट आउने पर्यटकहरुलाई नेपालको मौलिकता, भासा, कला र संस्कृतिको बारेमा नैतिक बोध जगाउन पर्यटन क्षेत्रहरुमा शिविरहरु सन्चालन गरि अध्ययन गराउन सकियो भने नेपालको पहिचान हिउँचुली भन्दा पनि उचो हुन सक्दछ। जस्तै नेपालीहरु विदेश जाने बित्तिकै केही दिनमै उनीहरुको स्वभावमा स्वत: परिवर्तन आउँछ। त्यस्तै प्रकारले विदेशीलाई पनि त्यो प्रभाव पार्न सकिएको खण्डमा उनीहरुले आफ्नो देशमा गएर आफैंले नेपालको प्रचारप्रसार गर्न थाल्दछन। त्यो मौखिक होस सामाजिक सन्जाल होस या अरु कुनै माध्यमबाट हुन सक्दछ।

अर्को कुरा पर्यटकहरुको प्रकृति स्वभावमा पनि भर पर्दछ। जस्तै उनीहरु कुन संस्कृति आस्था र संस्कारका हुन त्यो किसिमको आतिथ्य र वातावरण राज्यले बनाउन सक्नुपर्छ। जस्तै भारतबाट आउने तिर्थयात्रीहरु भारतको विभिन्न राज्य शहरहरुबाट नेपाल भित्रीने यात्रीहरुको मुलतः एउटै उद्देश्य हुन्छ धार्मिक मठ मन्दिरहरुको दर्शन र गङ्गा स्नान। बिडम्बना यो छ कि नेपालमा त्यो संस्कार र सभ्यताको अझै पारदर्शी तरिकाले विकास हुन सकिरहेको छैन। जहाँ तिर्थ क्षेत्रहरु छन त्यहाँ वरिपरि पशु बधशाला, मदिरा बिक्रि बितरण र पशुबली पिय अखडाहरुको निकै चहल-पहलका कारणले गर्दा उनीहरु सकेसम्म तिर्थबास गर्न चाहन्नन।

किनकी भारतका तिर्थक्षेत्रहरुमा यदि यस्ता व्यापार गरियो भने उनीहरुलाई कारबाही हुन्छ। जस्का कारण एउटै तिर्थमा करोडौं पर्यटकहरु दर्शनको लागि जाने गर्दछन। जसको कारण त्यस क्षेत्र निकै शक्तिशाली बन्दछ। त्यो नियम नेपालमा पनि लागू गर्न आवश्यक छ। यदि यसो गर्न सकियो भने बाहिरबाट आउने तिर्थयात्रीहरु बास बस्द्छन। उनीहरुको ठुलो धनराशी सम्बन्धित क्षेत्रमा लगानि गर्दछन। त्यसको लागि धार्मिक तिर्थस्थलहरुमा राज्यकै लगानीमा धर्मशाला आश्रमहरु निर्माण र व्यवस्थापन गरि संचालन गर्न सक्नुपर्दछ।

नेपाल सरकारलाई मेरो अनुरोध छ कि भ्रमण वर्ष २०२० मा बीस लाख पर्यटन भित्र्याउन सकिन्न कि ? यो चिन्ता कदापी पनि सम्बन्धित पक्षले नलिनुहोला किनकी यो संकल्पले अन्तर्राष्ट्रिय स्तरबाट पनि आश्वासनहरु आउँदछन। ती पनि कतिपय सकारात्मक हुन्छन् भने कतिपय नकारात्मक सुझाव सबैको लिनुपर्छ। तर त्यसको निर्णय आफैंले लिनुपर्छ। यदि सबै कुरामा पराभिमुखी बनियो भने त्यसले देशको कला साहित्य संस्कार संस्कृति र सभ्यता माथि प्रतिकुल असर पर्न सक्दछ। त्यसकारण यसको जिम्मेवारी स्वयं राज्य नै बन्न सक्नुपर्छ।