-नेपाल रेडक्रसद्वारा लिदी पहिरो प्रभावितलाई दोस्रो दिनमा खाद्यान्न सहायता

नेपाल रेडक्रसद्वारा लिदी पहिरो प्रभावितलाई दोस्रो दिनमा खाद्यान्न सहायता

Hollywood Khabar August 14,2020 Comments

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउपालिका वडा नं २ लिदी गाउँमा हिजो साउन ३० गते बिहान सुख्खा पहिरो जाँदा ३७ घर पूर्ण क्षति भएका र करीब १७९ घर प्रभावित भएका छन् । अहिलेसम्म १२ जनाको सब फेला परेको र २७ जना अझै वेपत्ता रहेका जिल्लाबाट रेडक्रस अधिकृत राजकुमार लम्सालले खबर दिनुभएको छ ।

रेडक्रसको सहयोग जारी

घटनाको दोस्रो दिन आज १० दिनका लागि पुग्ने खाद्यान्न रेडक्रस शाखा सदस्य अमृत कुमार खड्काको सहयोगमा जिल्ला शाखाद्धारा नेपाल आर्मीको हेलिकप्टर मार्फत घट्नास्थलमा पठाइएको छ । पठाइएका सामाग्रीमा दाल, चामल, तेल, नुन, गरम मसला रहेका छन् ।

साथै, अस्थाई शौचालयका लागी २ वटा स्कुटिङ प्लेट, खानेपानी कार्यालयको सहजिकरणमा खानेपानीका लागी १४०० मिटर पाइप पनि पठाइएको छ । स्थानीय उपशाखाबाट घटनास्थलमा २ जनाले निरन्तर सहयोग गर्नुभएको छ भने ५ जना थप स्वयमसेवक द्रुत लेखाजोखाको लागि परिचालन तयारी गरिएको छ ।

पहिरो प्रभावित स्थानमा भएका घाइतेहरुको उद्धारका लागि आवश्यक समन्वय र पहलबाट रेडक्रसले हिजो तत्कालै कार्यसुरु गरेको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिसंगको समन्वयमा प्रभावित परिवार मध्ये तत्काल ३० परिवारका लागी पुग्ने गरी आवश्यक पर्ने गैह्र खाद्यय सामाग्री पूर्ण सेट पठाइएको थियो । पहिरोबाट पूर्ण क्षती भएका ३७ परिवार हाल मानेडाँडाको चौरमा अस्थायी क्याप्पमा बसेका छन् ।