लेखक खगेन्द्र कर्ण 

नेपालमा समाजवाद

Hollywood Khabar July 21,2020 Comments

नेपालका राजनीति र राजनितिक दलहरुमा सर्वाधिक प्रयोग हुने शब्द हो समाजवाद।नेपालको संविधान २०७२ को धारा ५३ मै उल्लेख गरिएको छ समाजवाद उन्मुख राज्य।

संविधानमै उल्लेख गरिए पछि समजवादले न्याय पाए छन तर संविधानका प्रयोगकर्ता राजनितिक दल समाजवाद प्रती कति इमानदार र प्रष्ट छन भन्ने कोण बाट बहस हुनु जरुरी छ।जरुरी यो पनि छ कि समाजवाद शब्द एक र अर्थ अनेक लागने कोण बाट पनि बहस भएको देखिन्छ। प्रस्टता नभए सम्म लक्ष्यमा पुग्न अनेकन अनतरबिरोध हरु आउने गर्छ र यसले लक्ष्यलाई टाढा बनाउदै जानेछ।

तसर्थ यस भित्रका गुण अबगुण र यसले विश्व मंचमा दिएको सम्भावना र चुनौतीको बारेमा विश्लेषण र यसबाट ग्रहण गर्न सक्ने शिक्षा लाई आत्मसाथ गरि समाज परिवर्तनको अवधारणा बनाउनु नै आजको आवस्यक्ता देखिन्छ।समाजवाद शब्द १६ औ स्ताबदीमा प्रयोग गरिएको देखिन्छ।त्यो बेला  यसलाइ "युटोपिया" भनियो। काल्पनिक अवधारणाको रुपमा लिइयो।

मुलतःफ्रान्सेली राज्य क्रान्तीले दिएको सन्देस स्वतन्त्रता,समानता र भातृत्व बाटनै समाजवाद तर्फको आकर्षण देखिन्छ।मार्क्सले युरोपमा बिकसित घटनाक्रम र बेलायतमा औद्योगिक क्रान्ती पश्चात् श्रमिक हरु माथी देखिएको शोषण लाई नजिक बाट अध्यन गरे र अवधारणा प्रस्तुत गरे"सर्वहारा बर्गको अधिनायकवाद बल प्रयोगको माध्यम बाट"।अर्थात समाजमा दुई बर्गको सघर्ष हुनेछ र शोसित श्रमिक हरु एक ठाउँ आउने छन र शक्तीको प्रयोग द्वारा सता स्थापना गर्ने छन।

मार्क्सले उक्त सघर्षमा नेतृत्वको आवस्यकता  औल्याउनु भएको थिएन।सन १९१७ मा भएको रसियन क्रान्तीमा लेनिनले मार्क्सको उक्त अवधारणा लाई परिमार्जन सहित प्रयोग गरे।अर्थात क्रान्तीका लागि नेतृत्वको पनि आवस्यक पर्छ।जसलाइ लेलिनवाद भनियो।सोभियत युनियनमा समजवादी सताको उदय पछि यसले तत्कालीन बिश्वका कैयन  नेताहरु लाई प्रभावित पार्यो।यो बहस गरिरहदा रोजा ल्क्जमबर्ग र काउत्स्की लाई बिर्सिनु हुन्न।रोजाले लेनिनका बिचारलाई बिरोध गरेका थिए र काउत्सिकीले सन्स्दिए बेवस्थाकै वकालत गर्दा लेनिनले आफ्नै गुरु काउत्स्की लाई गद्दार को उपमा भिराएका थिए।रसियन क्रान्ती पछि युगोस्लाभीया,क्युवा, चाइना,उतर कोरिया देसले रसियन कम्युनिस्टको लाइन मा क्रान्ती गरे र सफल पनि भए।भारतमा १९३४ मा गठन भएको रास्टृय काङ्रेस पनि समाजवादी पार्टीकै रुपमा स्थापित भए।तत्कालीन भारतीय नेताहरु गान्धी नेहरु राम मनोहर लोहिया आचार्य नरेन्द्र देब र जेपि हरु मार्क्स बाट नै प्रभावित थिए।

बिपि पनि यहि कालमा र यिनी हरुकै सङतमा समाजवाद बाट प्रभावित भएका थिए।सोभियत संघमा स्टालिनको उदय पछि कम्युनिस्टले समाजवादको नाममा देखाएको मानवमाथी बर्बरतापुर्न शासन बेवस्थाले धेरैको मोह भङ गरिदियो।जेपि राममनोहर हरुको पनि मोह भङ नहुने कारण नै थिएन। राम मनोहर र जेपि हरुले प्रजातान्त्रिक समाजवाद को अवधारणा लाई मुल सिद्धान्तको रुपमा अगाडि बढाए।बिपि जेपि र राम मनोहर बाट प्रभावित भएर नेपालमा पनि प्रजातान्त्रिक समाजवाद भनेका हुन।समाजवादमा राजनीतिक स्वतन्त्रता र आर्थिक समानताको कुरा गरे।जुन रसियन समाजवादमा नहुनुकै कारण असफल सिद्ध भए।

लोकतान्त्रिक चरित्रको समाजवादका कुरा उहाले गर्नु भयो।उहाले भन्नू भएको छ समाजवाद बाट लोकतन्त्र झिकिदिनुस साम्यवाद हुन्छ।जुन रसियन मोडेलमा देखियो।जहाँ लोकतान्त्र लाई कुनै स्थान दिइएको थिएन।राम मनोहर लोहियाले समाजवादको बाधक केन्द्रीकृत सता हुन भनेका छन।जुन रसियन समाजवादमा देखियो।अत्याधिक केन्द्रीकृत शासनले भ्रष्टाचार र निरंकुश शासन बेवस्थालाई प्रोत्साहन गरे।नेपालमा कम्युनिस्ट हरुले भन्ने गरेको समाजवाद वास्त्वमा असफल सिध भएकोछ। लेनिनको अवधारणा कालानतर मा रसीयामा तासको महल  जस्तो ढले। सन १९५१ माओले गरेको सान्स्कृत क्रान्ती देङ सियायोको नेतृत्वमा आर्थिक पुजिवाद र राजनीतिक अधिनायकवादको गोल चक्करमा फसे।

भारतको नेहरुले लिएको लोकतान्त्रिक समाजवादको लाइन नवउदारवादीले ओग्टिसकेका छन।नेपालमा बिपिले २०१५ सालमा सुरुवात गरेको समाजवादी कार्यक्रम जस्तै बैगानिक भुमीसुधार,बिर्ताउन्मुलन लग्यात कार्यक्रम शामन्तवादी हरु को षड्यन्त्रको सिकार हुँदै पछिल्लो अवस्थामा नवउदारवादी हरुको मौज मस्तीको साधनको रुपमा प्रयोग भएकोछ।समाजवाद १०% मात्रै सैधान्तिक हो भने ९०% ब्यवाहर हो।यहा कस्को ब्यवहार  आजको दिनमा समाजवादी देखिन्छ?तर पनि हामी संविधानमा समाजवाद उल्लेख गरेकै छौ। समाजवाद भनेको उत्पादनको साधनमाथी सामुहिक अधिकार स्थापित गर्ने र न्यायोचित बितरण प्रणाली हो।उत्पादनका कुरा कुनै दलले गरेको देखिदैन।सियो देखि सुन सम्म र नुन देखि लसुन सम्म आयात गर्ने मुलुकमा समाजवादको बडो रोचक बहस हुने गर्छ।शिक्षा देखि स्वास्थय सम्म निजीकरण वा बजारिकरण गरिएको मुलुलमा समाजवादका पिडादायक बहस हुने गर्छ।

अच्म्म छ, नेपालका राप्रपा बाहेक सबै दल बैधानिक समाजवादी। आयातमा आधारित अर्थतन्त्र, निजीकरणमा आधारित शिक्षा र स्वस्थय जस्ता मानवका आधारभुत संरचणा बेक्ती लाई नाफा कमाउन दिएर फेरि पनि समाजवाद भन्दै आएका छौ।परिवारमा श्रम गर्ने महिला र श्रमशक्ति लाई जन्मदिने महिला लाई बिभेदकारि संविधान र कानुन बनाएर समाजवादका गाडी हाक्छौ। दलित जनजाती मधेसी लग्यात सिमानत बर्गलाई बिभेदकारी कानुनको जनजिरले बाधेर समाजवाद भ्न्न रुचाउछौ। समाजवादले समृधी बाडने हो, यहाँ गरिबी बाडने समाजवादको कल्पना गरिएको हो? पुजिवादमा बैधानिक रुपमा मानवमाथी असामनताका विभेद गरिएको हुन्छ।समाजवादमा बैधानिक रुपमै मानवमाथी समानताका ग्यारेन्टी गरिएको हुन्छ।नेपालको संविधानमा समाजवाद लेखिदिएर के यो समाप्त भएको छ?पुजिवादका मतियार बनेर समाजवादको गित गाउनु देस र जनताका लागि धोका हो।