अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने सरकारको निर्णय

अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने सरकारको निर्णय

Hollywood Khabar August 15,2021 Comments

सरकारले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो दिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको  उनले बताए ।  उनले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका बाँकी रहेका समस्या सम्बोधन गर्न प्रक्रिया अगाडि बढिसकेको बताए ।

‘भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको समस्यालाई कुटनैतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र कुटनैतिक प्रक्रिया समेत अगाडि बढिसकेको सन्दर्भमा आमरण अनशन फिर्ता लिन भुपू गोर्खा सैनिक सम्बद्ध सबैलाई आग्रह गरेको छ’, कानुन मन्त्री समेत रहको कार्कीले भने ।