नेपालीहरुको TPS को रि-रजिष्ट्रेशन खुल्यो जुलाइ २३ अन्तिम म्याद

Hollywood Khabar May 22,2018 Comments

कृष्ण के सी/अमेरिका
नेपालमा गएको महाभूकम्पका बेला कुनै पनि कारणले अमेरिकामा रहेका नेपालीहरुको लागि आफ्नो घर-परिवार र आफन्त भेट्न, आवश्यक पारिवारिक उद्धार र अन्य काम गर्नको लागि U S Citizenship and Immigration Services (USCIS) ले मानविय कारणका लागि Temporary Protected Status (TPS) को सुबिधा प्रदान गरेको थियो।

गत अप्रिल २६, २०१८ मा Secretary of Homeland Security, Kirstjen M. Nielsen ले गर्नुभएको निर्णय अनुसार Temporary Protected Status को सुविधा लिने करिब ९ हजारका नेपालीहरुलाई अन्य उपाय गर्न, आफ्नो देश फर्कन लगायत कार्यका लागि जुन २४, २०१९ सम्मको समय दिइएको छ।

हाल मे २१, २०१८ मा U.S. Citizenship and Immigration Services (USCIS) बाट प्राप्त भएको सूचना अनुसार जुन २४, २०१९ सम्म TPS को स्टाटस जारि राख्न चाहने निवेदक/व्यक्तिहरुको लागि रि-रजिष्ट्रेशन खुलेको छ। रि-रजिष्ट्रेशनको अन्तिम म्याद जुलाई २३, २०१८ सम्म छ।

रि-रजिष्ट्रेशनको प्रकृया र गाइडलाइन, वर्क परमिट सबै कुराको जानकारी uscis.gov/tps मा प्रकासित भएको छ। तसर्थ सम्पूर्ण आवेदकहरुले आफ्नो Form I-821, Application for Temporary Protected Status र आवश्यक भएमा वर्क परमिटको (EAD) को लागि Form I-765 समया सिमा भित्रै I-821 अथवा फरक-फरक रुपमा पनि पेश गर्न सकिनेछ। सम्पूर्ण निवेदन/फर्महरु USCIS को वेबसाइट uscis.gov/tps बाट निशुल्क रुपमा डाउनलोड गर्न सकिनेछ। यस बिशेष ब्यस्थाको लागि रि-रजिष्ट्रेशन गर्ने आवेदक मध्ये योग्य हुनेहरुले प्राप्त गर्ने वर्क परमिट (EDA) को म्याद जुन २४, २०१९ सम्म मात्र हुने कुरा पनि USCIS ले जानकारी गराएको छ।
साथै हालको जुन २४, २०१८ मा म्याद सकिने EAD लाइ USCIS ले १८० दिन अर्थात डिसेम्बर २१, २०१८ सम्म स्व:त हुनेगरी थप गरेको छ।